अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

इनेप्लिज २०८० जेठ २६ गते २:०९ मा प्रकाशित

काठमाडौं, जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ ।

बिहीबार भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित भएको हो । जी

तको लागि एक सय ३३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलन ५९ र कप्तान रिची बेरिंग्टन ४१ रन बनाए । बलिङमा नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३२ रन मात्र बनाउन सकेको थियो ।

नेपालका लागि कुशल मल्लले ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन तीन विकेट लिए । शफ्यान शरिफले दुई तथा निल र हम्जा ताहिरले एक एक विकेट झारे ।

नेपालले दक्षिण अफ्रिकामै शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया