आगामी जुलाई १ र २ मा अमेरिकाको कोलोराडोको डेनभरमा हुने एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए )को सम्मेलनमा चर्चित गायक फिरोज स्याङ्गदेन तथा संगीत मण्डली(ब्याण्ड)को बिशेष प्रस्तुति हुने भएको छ ।
उक्त ब्याण्ड(संगीत मण्डली)मा फिरोज स्याङ्गदेन,रोकेश गुरुङ तथा रेन्जी शेर्पा समेतले फिरोज स्याङ्गदेनलाई साथ दिनेछन ।
उक्त संगीत मण्डलीको प्रस्तुति जुलाई २ का दिन राती ७ बजे आइतबारका दिन हुनेछ । सम्मेलन डबल ट्री हिल्टनद्वारा संचालित डेनभर सेन्ट्रल पार्क स्थित अतिथि गृह (होटल )मा हुनेछ । (एएनएका अध्यक्ष विजयराज भट्टराईले कलाकारहरुलाई हौशला प्रदान गर्न सहभागी हुन् आएका लगायत यस क्षेत्रमा बसोबास गर्नु हुने सबैलाई सहभागी हुन् आह्वान गरेका छन् ।
यस पटकको मूल नारा “नेपालीलाई सधै नेपाली नै हुन देउ” भन्ने राखिएको छ । एएनए.सम्मेलनका संयोजक विनोद त्रिपाठी रहेका छन् ।
यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।
कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।
बिस्तृत जानकारी लिन यहा थिच्नु होला : https://ana1983.org/?fbclid=IwAR0rY3Bd5nULigf3JdvB7lGDXgr5RTYe57RnVx17fkdH3aQvYC6NQMKr3B8
प्रतिक्रिया