भर्जिनियामा सुगम पोखरेलको साङ्गितिक प्रस्तुतिको साथमा विल्सन बि राई,राजेश हमाल तथा आसिफ शाहको प्रस्तुति हुने

इनेप्लिज २०८० जेठ २४ गते २२:२८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपालका चर्चित गायक सुगम पोखरेलको साँगितिक कार्यक्रमको साथमा चर्चित कलाकार तक्मे बुढा विल्सन बि राई,नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक(र्यापर )आसिफ शाह सहितले प्रस्तुति गर्ने भएका छन् ।

यो कार्यक्रम म्युजिक टुर -युएसए (सांगीतिक अमेरिका यात्रा)नामक कार्यक्रम अन्तर्गत भर्जिनियाको मनासस शहरमा कार्यक्रमको आयोजना हुन् लागेको हो । मिम नेपालको प्रस्तुति रहने उक्त कार्यक्रम अमेरिकाको लागि इल्फा तथा ई-पिक इन्टरटेनमेन्टले कार्यक्रमको आयोजना गर्नेछ ।

सुगम पोखरेल लाइभ इन कन्सर्ट नामाकरण गरिएको उक्त सांगीतिक कार्यक्रम आगामी जुन ३०,२०२३ का दिन शुक्रबार हुने भएको छ । मनाससको द स्यालिस्बरी सेन्टरमा हुनेछ भने प्रवेशद्वार ६ बजे खोलिने छ ।

टिकट दर ४० डलर तथा ७० डलर कायम गरिएको छ भने अग्रिम रुपमा छोडुस्टोर डटकमबाट टिकट खरिद गर्न सकिने अभिजित राईले ईनेप्लिजलाई बताए । अग्रिम रुपमा टिकट खरिद गर्नेलाई १० % छुटको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

कार्यकम बारे बिस्तृत जानकारी लिन अभिजित राईको सम्पर्क संख्या (सेलफोन )703 678 3317 ,सफल बानियाको
सम्पर्क संख्या (5715490750 (सेलफोन )तथा अर्जुन धोज खड्का 6083204646 मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया