‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२३’ बने रमिला र नन्दा

इनेप्लिज २०८० जेठ २४ गते ११:२६ मा प्रकाशित

काठमाडौंँ । ‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् ।

राजधानीमा एक समारोहकाबीच आयोजित प्रतियोगितामा झरना घिमिरे फष्ट रनरअप र निर्मला खाड सेकेन्ड रनरअप घोषित भए । ग्रिन आर्टस् मिडिया प्रालिको आयोजना रहेको प्रतियोगीतामा २३ प्रतियोगी रहेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम ब्यक्तिको रुपमा अगाडी ल्याउनु प्रतियोगीताको उदेश्य रहेको छ ।

प्रतियोगीतामा सहभागीलाई बिभिन्न प्रशिक्षण सहित विजेता छानिएको हो । प्रतियोगीताको निर्णायकमा आलोकश्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचाय, स्ृजल रुपाखेती, सिता सुवेदी लगायत रहेका थिए । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । अनिला ग्रिन आर्टस् मिडियाका निर्देशक पनि हुन् ।

प्रतिक्रिया