भर्जिनियाको रिचमण्डको उच्च माध्यमिकको स्नातक समारोह बाहिर ७ जनालाई गोली प्रहार , २ जना हिरासतमा

इनेप्लिज २०८० जेठ २३ गते २३:४१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको राजधानी रिचमण्डमा भएको उच्च माध्यमिक बिद्यालय (हाईस्कूल)को स्नातक समारोह बाहिर ७ जनालाई गोली प्रहार गरिएको छ । २ जनालाई हिरासतमा रहेको अधिकारीहरूले बताएका छन् ।

मङ्गलबार साँझ एक नाट्यशाला (थिएटर) बाहिर जहाँ उच्च विद्यालयको स्नातक समारोहको आयोजना गरिएको थियो जहाँ सात जनालाई गोली लागेको रिचमण्डका अन्तरिम प्रहरी प्रमुख रिक एडवर्ड्सले भने।

दुई जनालाई हिरासतमा लिइएको एडवर्ड्सले बताए । बन्दुकको गोली बाहेक अन्य कारणबाट घाइते भएका अन्य व्यक्तिहरूको पनि अस्पतालमा उपचार भइरहेको उनले भने। रिचमण्ड प्रहरीका प्रवक्ता ट्रेसी वाकरले घाइतेको पुष्टि गर्दै जनतालाई तत्काल कुनै खतरा नरहेको बताए।

रिचमण्ड पब्लिक स्कूलका अधिकारी म्याथ्यू स्टेनलीले ह्युगेनोट हाई स्कूल(उच्च माध्यमिक बिद्यालय)को स्नातक उत्सव पछि मोनरो पार्कमा गोली हानाहान भएको बताए। “हामीले आज साँझ पछि निर्धारित अर्को विद्यालयबाट स्नातक समारोह रद्द गरेका छौं,” स्टेनलीले भने।

मंगलबार अल्ट्रिया नाट्यशाला (थिएटर)मा तीन विद्यालयहरूको लागि स्नातक समारोह तय गरिएको थियो।

तस्बिर कृतज्ञता : जोन विलार्ड /सामाजिक संजाल फेसबुक

प्रतिक्रिया