मेरील्याण्डमा नेपाली आमाका लगाएको गहना दिन दहाडै लुटियो

इनेप्लिज २०८० जेठ २३ गते १६:५९ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली आमाले लगाएका गहना दिन दहाडै लुटिएको छ । तर कुनै आक्रमण नभई वशमा पारेर सुनको सिक्री र लकेट लुटिएको छ ।

गत जुन ५ का दिन दिउसो १ :०९ मिनेटमा मेरील्याण्ड राज्यको हार्टफोर्ट काउन्टीको बेलेयरमा उक्त घटना भएको हो भने कुनै आक्रमण नभई कुरामा अल्मल्याएर ८ तोलाको सिक्री र डेढ तोलाको सुनको लकेट लुटिएको छ ।

७६ बर्षिय आमाको नाम श्याम माया महर्जन हो भने काठमाडौ चन्द्रागिरी घर भएकी आमाका सुपुत्र मेरील्याण्डका व्यवसायी तथा सामाजिक अभियन्ता महेन्द्र देसार हुन ।

प्रहरीलाई खवर गरिएको छ भने उनिहरुले देसारको आफ्नो व्यवसाय सिज्लिङ्ग बम्बे नामक चमेनागृह अगाडी उन्की आमाको सुन लुटेका हुन ।

उनीहरुले आमालाई दिएको ५ डलर र नक्कली सुनका सिक्रिहरु

आमाले छोराको साथी होलान भनेर गाडी नजिक गए पछि उनीहरुले चाल चलेका थिए ।

आमाले उनिहरुले जवर्जस्ति ५ डलर दिएको र लिईदिन भन्दा पनि उनिहरुले कुरामा गाडीबाट झरेर र पुरुषले आमालाई अँगालो हालेका थिए । उक्त पुरुष चालक वस्ने ठाउमा बसेका थिए ।

पुरुषको दाह्री भएको अरबिक जस्तो र महिला अरबिक कै जस्तो पातली गोरो बर्णको हुलिया भएको देसारले ईनेप्लिजलाई बताए ।

महिला पछाडी बसेकी तर उनि पनि मुनी झरेर आमालाई हात सुमसुमाएकी थिइन् । देसारका अनुसार आमाले लिन्न र पर्दैन भन्दै गर्दा ५ डलरको साथमा सिक्री पनि दिएका र त्यो दिए पछि पछि केही थाहा नभएको अर्थात् लट्ठ परेको जस्तो भएको र पछि लुटिएको थाहा भएको देसारले बताए ।

आमा घाम ताप्न एकछिन चमेनागृह बाहिर बसेको समयमा महँगो गाडीमा आएका एक पुरुष र महिलाले मामा भनि सम्बोधन गरे पछि आमा गाडी छेउमा जादा सुनक गरगहना लुटिएको हो ।

उनीहरु त्यहाबाट बिदा भए पछि आमा आफ्नो घाँटीको सिक्री हेर्दा नभए पछि चमेनागृह मै रहेकी बुहारीलाई बताएकी थिइन् । र त्यस समयमा छोरा महिन्द्र देसार घरमा भएको उनले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया