अमेरिकाको डिसी क्षेत्रको प्रतिबन्धित हवाई क्षेत्रमा पसेको निजी सानो बिमान चार्लोट्सभिल भर्जिनियामा दुर्घटना ,४ जनाको मृत्यु

इनेप्लिज २०८० जेठ २३ गते १:२० मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रको प्रतिबन्धित हवाई क्षेत्रमा पसेको निजी सानो बिमान चार्लोट्सभिल भर्जिनियामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एनबिसी वाशिंगटनका अनुसार प्रतिबन्धित डिसी हवाई सीमामा उडान गर्ने एउटा निजी बिमानलाई अमेरिकी लडाकु विमानहरूले पछ्याएका थिए । उक्त क्षेत्रभरि ठूलो ध्वनि सुनिएको थियो ।

विमान अन्ततः चार्लोट्सभिल, भर्जिनियाको पश्चिममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना पहाडी क्षेत्रमा भएकोले भग्नावशेष सङ्कलन केही दिन लाग्ने संघीय अधिकारीहरूले सोमबार भने।

उक्त बिमानलाई पछ्याउन एफ-१६ नामक लडाकु बिमान पठाईएको थियो । एफ-१६ ले निजी बिमानलाई रोक्न खोजेको थियो । अमेरिकी संघीय उड्डयन प्रशासनले सोमबार एक संक्षिप्त अध्यावधिकमा बिमान चालक र तीन यात्रुको मृत्यु भएको र विमान दुर्घटनामा “नष्ट” भएको बताएको छ।

एनबीसी न्यूजका अनुसार मारिनेहरुमा फ्लोरिडाका सेस्ना साइटेसन बिमानका संचालक जोन रुम्पेल ,छोरी, नातिनी, धाइआमा र बिमानचालक सबै जहाजमा रहेको बताए । आमा र उनकी छोरी ह्याम्पटनमा घर फर्किरहेका थिए । इन्धन सकिएपछि सेस्ना दुर्घटना भएको धेरै सरकारी स्रोतहरूले बताएका छन्।

प्रतिक्रिया