एएनए सम्मेलन- कोलोराडोमा सहभागी हुनेले शिघ्र आफ्नो कोठा आरक्षित गर्न आह्वान , ६० % कोठाहरु सकिए

इनेप्लिज २०८० जेठ २२ गते २२:२८ मा प्रकाशित

एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) ले कोलोराडोको डेनभरमा आयोजना गर्ने सम्मेलनको लागि एएनएका अतिथिहरुका लागि सहुलियत दरमा प्रदान गरेको कोठाहरु ६० % आरक्षित भै सकेको अध्यक्ष विजयराज भट्टराईले ईनेप्लिजलाई बताए ।

अध्यक्ष भट्टराईले सबैलाई शिघ्ररुपमा आफ़ो कोठा आरक्षण(बुकिङ्ग )गर्न र सीमित कोठाहरु भएकोले अग्रिम रुपमा आफ्नो कोठा आरक्षण गरेर ढुक्क हुन् आग्रह गरेका छन् ।

अहिलेलाई उक्त डबल ट्री डेनभर सेन्ट्रल पार्क नामक होटल(अतिथि गृह)को लागि एएनएमा सहभागी हुनेलाई प्रति रातको १४९ डलर राखिएको छ ।

यस पटकको मूल नारा “नेपालीलाई सधै नेपाली नै हुन देउ” भन्ने राखिएको छ । जुलाइको १ र २ मा हुने एएनए. सम्मेलनका संयोजक विनोद त्रिपाठी रहेका छन् ।

यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला : https://ana1983.org/? fbclid=IwAR0rY3Bd5nULigf3JdvB7lGDXgr5RTYe57RnVx17fkdH3aQvYC6NQMKr3B8

प्रतिक्रिया