फिल्मी सैलिमा सुटुक्क विवाह गरिन रास्वपाकी सांसद सोबिता गौतमले प्रेमी गृहेन्द्रसँग (भिडियो सहित)

इनेप्लिज २०८० जेठ २२ गते १०:५९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सुटुक्कै विवाह गरेकी छिन्। उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । गृहेन्द्र नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका भाञ्जा हुन।

गृहेन्द्रको स्थायी घर चितवन हो। स्रोतका अनुसार सोविता गृहेन्द्रसँग लामो समयदेखि प्रेमसम्बन्धमा थिईन ।

२८ वर्षिया सोविताले गएको मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचन जितेकी हुन् । उनी कानुनकी विद्यार्थीसमेत हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । गृहेन्द्र उनीसँगै रहेको जनाईएको छ।

सोवितासँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।

https://www.youtube.com/shorts/R3IlL8BZ3aM

प्रतिक्रिया