“प्रीति” नामद्वारा चिनिने गायिका -डा. रचना तिवारीको के भाको के भाको नामक गीत सार्वजनिक

इनेप्लिज २०८० जेठ २० गते १०:४९ मा प्रकाशित

“प्रीति” नामद्वारा चिनिने गायिका डा. रचना तिवारीको के भाको के भाको नामक गीत सार्वजनिक भएको छ । चिकित्सक स्वयमले आफ्नो स्वर दिएकी छिन भने शब्द आनन्द अधिकारीको रहेको छ ।

संगीत निर्देशन कृष्ण भारद्वाज र सङ्गीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् । उक्त अङ्कियदृश्य(भिडियो)मा आमेश भण्डारी ,स्मारिका ढकाल ,रेणु खड्का तथा कृष्ण सिटौलाको अभिनय रहेको छ ।

उनको पेशागत नाम डा. रचना तिवारी भएतापनि संगीत क्षेत्रमा उनले राख्न चाहेको नाम “प्रीति” हो जसको अर्थ माया हो र उनको बाल्यकालको नाम पनि हो।

संगीत हाम्रो जीवनको अभिन्न अंग हो। उनि संगीतमा सधैं लगाव राख्ने र सानैदेखि गीत गाउने गर्थिन । तर पढाइ र अन्य करियर प्लान(पेशा योजना )का कारण आफूसँग पर्याप्त समय नभएको समेत ईनेप्लिजलाई बताइन । तर, विगत ३ वर्षदेखि नेपालबाट गुरु रामचन्द्र आञ्जनमार्फत नियमित अनलाइन(परोक्ष) कक्षा लिइरहेकी छिन ।

संगीत मेरो चिकित्सा क्षेत्रमा पनि सान्दर्भिक भएको बताइन । त्यहाँ अर्थात् आफ्नो चिकित्सक पेशामा विभिन्न अध्ययनहरू हुन्छन जुन संगीतले निद्राको गुणस्तर सुधार गर्दछ। हामी सबैले महसुस गरेका हुन सक्छौं यसले अर्थात् संगीतले हाम्रो तनावलाई कम गर्छ। 

यो गीत युवावस्था, चाहना र जोशमा आधारित छ । गायिका स्वयम् विभिन्न नेपाली कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिदै ठूलो चर्चामा यो गीतलाई ल्याउन सफल भएकी छिन ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) को शार्लोट नर्थ क्यारोलाइनामा भएको वार्षिक बैठकमा सबैभन्दा धेरै बजाइएको नेपाली नृत्य संगीत रहेको थियो । उनले त्यहाँ पनि यो गीतको प्रत्यक्ष प्रस्तुति( लाइभ )पनि गरेकी थिइन् ।

साथै नेपाली अमेरिकन फ्रेन्डसिप एसोसिएसन (नाफा) ले आयोजना गरेको सामुदायिक सांस्कृतिक कार्यक्रममा उनले प्रीतिले साना बालबालिकालाई नाच्नका लागि यो गीतको नृत्य निर्देशन समेत गरेकी थिइन् ।

प्रतिक्रिया