अमेरिकाको मिसिगन राज्यको डेट्रोइटका समाचारवाचक तथा पत्रकार जिम म्याथ्यूजलाई हथौडाले हत्या गरेको आरोपमा एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाईएको छ।
म्याकोम्ब काउन्टी अदालतका न्यायाधीश जेम्स बिरनाटले आर्थर विलियमसनलाई बिहीबार माउन्ट क्लेमेन्समा सजाय सुनाउने क्रममा “दुष्टको अवतार” को सॅज्ञा दिए ।
“अचम्मको कुरा के हो भने तिमीले ती सबैलाई नमारेको ,” बिरनाटले सोधे।
विलियमसनलाई अप्रिलमा प्रथम श्रेणीको हत्या उद्धेश्यको साथ हत्या गरेको आरोप लगाईएको थियो।
म्याथ्यूजलाई गत सेप्टेम्बरमा डेट्रोइटको उत्तरपूर्वी चेस्टरफिल्डमा हथौडाले हानिएको फेला परेको थियो।
५५ वर्षीय विलियमसन म्याथ्युजकी प्रेमिका निकोल गुर्टिनका साथी भएको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया