गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

जितेन्द्र थापा २०८० जेठ १९ गते ११:०८ मा प्रकाशित

सुर्खेत । रंङ्गीन राता मनै लोभ्याउने रातो रङ्गका फुलहरु । हेरिरहुँ देखिरहुँ लाग्ने गुलमोहरले परिचित छ । फ्रान्समा ‘स्वर्गको फुल’ भनेर उपमा दिइन्छ । वीरेन्द्रनगरका सडक किनारमा फक्रिरहेका यी फुल नजिक पुग्दा जो कोहीलाई अनुभुती हुन्छ साँच्चिकै स्वर्गमा पुगेजस्तो ।

सडकहरु प्राय भरिभराउ हुन्छन । अघिपछि प्राय सुन्य रहने यि सडकहरुमा गुलमोहरसँग रामाउनेको भिड देख्न सकिन्छ । खाली सडक छेउ गुलमोहरका कारण झकिझकाउ छन । सडकका दुई किनारामा लाईनबद्ध रोपिएका यि फुलले वीरेन्द्रनगरका सडकको सोभा नै फेरिएको छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सुनसान सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ ।

फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ ।

गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ । यहीँ सिजनमा कुइनेपानी घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेकागुलमोहरलाई पृष्ठभूमिमा पारेरे दैनिक सयौँजना तस्बिर खिच्नेको भीड लाग्ने गर्छ ।

अहिले घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने जोकोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैन ।

निकै आकर्षक रुपमा वीरेन्द्रनगरमा ढकमक्क फुलेको गुलमोहरको बोटमुनि युवायुवतीको सेल्फीमोह निकै बढेको छ । विभिन्न सामाजिक संचालमा युवायुवतीले भाइरल गराएका छन घरमा बस्दा बस्दै दिक्क भएर मनमा अशान्ति मच्चाए पनि गुलमोहरलाई नजिकै गएर निहाल्ने वित्तिकै मनमा नयाँ उल्लास र नयाँ उर्जा पलाउने वीरेन्द्रनगर ३ का कमल बिष्ट बताउछन् ।

गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यस्का विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकिय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका २ का रुपेश चन्दको भनाई छ ।

यि फुलहरु फुलेमा निकै आर्कषक देखिन्छन,’चन्दले भने,‘कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर थुप्रै पर्यटकिय सम्भावना रहेकाले गुलमोहरका विरुवालाई यहाँका अन्य पर्यटकिय स्थलमा वृक्षरोपण गरेमा अझै पर्यटकहरुको घुँइचो लाग्ने देखिन्छ ।’

सुर्खेतको वीरेन्द्रनगरका सडक छेउमा ढकमक फुलेका गुलमोहर तस्बिर : जितेन्द्र थापा

प्रतिक्रिया