भुटानी काण्डका तीन कर्म काण्डी – ओली, खतिवडा र पहाडी – नोट खारेज

इनेप्लिज २०८० जेठ १८ गते २३:१३ मा प्रकाशित

एकबहादुर क्षत्री

भुटानी शरणार्थी प्रकरणमा सतहमा टोपबहादुर रायमाझी, बालकृष्ण खांड, टेकनारायण पाण्डे,  इन्द्रजित राई टेक नाथ रिजाल  सहित ३० जनाको जम्बो जेटका चालक तीनीहरु कर्म काण्डीमात्र हुन्।  खास कारक के पी ओली, युबराज खतिवडा र कृष्ण पहाडी हुन् । । तीनीहरुनै संयौ अपराधको माध्यम   हुने गरेको नोटको  खारेज अभियानलाई दखल पुर्याउने सम्भब छैन भनि टार्ने खेलाडी हुन्।

किन ओली र मतियारहरु भुटानी काण्डका कर्म काण्डी:

अहिले के स्पस्ट भयो भने तत्कालिन प्रधान मन्त्री ओलीको पालामा नै उनका गृह मन्त्री रामबहादुर बादल, टोपबहादुर रायमाझी र सचिब इन्द्र कुमार राईको मिलिमतोबाट भुटानी काण्ड शुरु भएको रहेछ र अरु त् पछिका पात्रहरु मात्र हुन्। गुलियो हुने ठाँउमा मौरी आउनु स्वाभाविक हो। गुलियोमा कति बिषादी छ छैन के थाहा हुन्छ। यो मामला कृष्ण पहाडीलाई पनि लोभाउने कुरा थियो। अहिले ओभानो बसेका कृष्ण प्रसाद पन्थीको कसले ग्यारन्टी लिन सक्छ?

नागरिक समाजमा भ्रस्ट्राचार बिरुद्धको अभियान लागेर नेकपाको  माथिल्लो ओहदामा पुगेर २०७२ संबिधान पछिको पहिलो  शक्तिशालि प्रधान मन्त्रि बनेर  “म भ्रस्ट्राचार  गर्दिनन र गर्न पनि दिन्न र गर्नेको मुख पनि हेर्दिन्न” भनेर घोषणा गरे।

 त्यसले अहिले पनी निजको धोक्के महान बहानी पुष्पकमल दाहालको अफिसमा झुण्डी राखेको छ होला।

अरु यस्तै अथाह काण्ड भए कति कति भए मेरो अनुमानमा सरकारी राजस्व मात्र ओलीको तीन बर्षमा रु ९ खरबको भ्रस्ट्राचार  भयो शेरबहादुर देउबाको २ बर्षमा रु ७ खरबको भ्रस्ट्राचार  भयो । अहिले पुष्पकमलको ६ महिना  रु २  खरब भ्रस्ट्राचार  भयो । ५ बर्षमा राजस्व चुहावट रु २० खरब  र यस्तै कर्म काण्डी अर्को रु ८० खरब भयो। ८०० जनाको रु ५० लाखको दरले रु ४० अर्ब कारोबार हुँदै थियो।

  गणतन्त्र संबिधानको पहिलो    केपी ओलीको दुइ तिहाईको सरकारले भनेको “म भ्रस्ट्राचार गर्दिनन र गर्न पनि दिन्न र गर्नेको मुख पनि हेर्दिन्न” भन्ने  महान बाणी  कुरा तीन   महिनामा   सरकारको  सुको खर्च नगरेरको भए  ५  बर्षमा रु २०  खरब भ्रस्ट्राचार राजस्व चुहावट  हुने थिएन।  यस्ता अपराध हुने थिएन  देशको बिकाश कति हुने थियो।

 कुरा त् गरे भ्रस्ट्राचार निर्मूल गर्ने एक बिकल्प भनेको बैंक कारोबारबाट आर्थिक कारोबार गर्नु पर्छ र कालोबजारी नोटको चल्न हटाउनु पर्छ भनेर विदेशबाट उनको अफिसमा निबेदनको दर्ता गरेर पछी  आफु गएर  ताकेता गर्दा पनि वास्ता गरिएन। बरु  तडपने काम भयो।  सायद  रु १ करोड बुझने निजि  सचिब  नै  थिए  कि ? कसले पत्याउने अर्ब भन्दा तल। 

ओलीले   पछिका सरकार र संसदमा भएका दलहरुले पनि यसै  गरी राखेका छन्  तर उनि चुहि पनि बोलेका छैनन्।  केहि दिन सत्तामा गए फेरी जाने र लुट्ने उदेश्य राखेका छन्। अहिलेको रास्वपा समेत नयाँ दलहरुले  समेत पनि  त्यँही गरेका  छन् ।  शुरुवाती त् ओली नै हुन्।अहिले बिरोधि बेन्चमा बसेर भ्रस्ट्राचार रोक्ने ताकत छ तर रोक्न गर्न चाहन्नँ।

तसर्थ केपी ओली भुटानी काण्डका गिरोह हुन्। उनि र मतियार उनको दल र मन्त्रि परिषद हो टोपबहादुर रायमाझी सहितको लागि फसाउने उनी नै हुन्। मुख्य नेता केपी ओलीलाई  ठूलो  कार्यबाही गर्नु पर्छ।  नेपाली जनता वा एमाले सदस्यको जिम्मेवार नलिए पनि दल सचिब र आफ्नो मन्त्री र सचिवको  जिम्मेवार लिनु पर्ने होइन?  त्यो बेलामा मेरो निबेदनमा छलफल गरेर नोट खारेज गरेको भए घुस लिन दिन नमिले पछि यस्तो अपराधिक कार्य हुने थिएन।

किन खतिवडा र मतियारहरु भुटानी काण्डका कर्म काण्डी:

एक भाग्यशाली दुख नगरी देशका बैंक अर्थ बिज्ञ हो भनेर ओलीको बुइ चढेर  ओलीको जहाज डुबाउने पाईलट डाक्टर युबराज खतिवडा हुन् धन्नै । देऊबाको  सरकारले   निजलाई  अमेरिकाबाट छिटै टिकट कटाउन सफल भयो।   नत्र  टाउकामा गनाउनेको भारी बोकी रहनु पर्ने थियो।

उनी २०६८ सालमा योजना आयोगको उपाधक्ष्य जस्तो मर्यादित पद छोडेर बैंक सुधार्ने निहुँमा एमालेको कोटामा नेपाल राष्ट्र बैंकको गभर्नर पदमा बहाली गरेका हुन्। उनी २०६८ साल देखि नै हरेक नेपालीको घरमा बैंक सेवा पुर्याउनु सक्थे सो गरेनन। के पी ओलीको आब्हानलाई सफल पार्नुको सट्टामा र पारदर्शी आर्थिक गराउनु पर्नेमा  अर्थमन्त्री भएर निजको आब्हानमा पारदर्शी गराउन  पर्नेमा  भ्रस्टाचार गराउने तरिका  सिकाए र संरक्षण गरे ।  तिनीलाई  मेरो सुझाबको  आबश्यक  नै थिएन।  तिनीलाई  कसरी भ्रस्ट्राचार हुन्छ र रोकिन्छ को ज्ञाता हुन्।

  मेरो सुको खर्च नगरी दैनिक २ अरब रुपैंया राजस्व बृदी हुने सुझाब  लागु गर्ने त् कता कता दिनेलाई तड पाउने काम गरे गर्दैछन्। अहिले उनको चेला महाप्रसाद अधिकारीले सोहि गरि एमालेको चलखेललाई गर्ने संरक्षण गर्ने गरेका छन् । उनिहरु  दुवै,  मतियारहरु र अझ तिनीहरुलाई समर्थन गर्ने पारदर्शिताका ठेकेदारहरु  भुटानी काण्डका महाकर्म काण्डी  हुन्।

  किन पहाडी र मतियारहरु भुटानी काण्डका कर्म काण्डी:

नागरिक समाजका कृष्ण पहाडी २०४७ सालको प्रजातन्त्र र २०६३ को गणतन्त्रको नाम लिने बितिकै  उनको   नाम र योगदानको नलिकन ति आन्दोलनको इतिहास बन्दैन।  तैपनी भुटानी काण्डमा तिनी पनी कर्मकाण्डी हुन्।  कृष्ण पहाडी र उनको संस्थाको आर्थिक कारोबारको पारदर्शिता छ भन्न सकिने स्थिति छैन।  निजका आर्थिक कारोबार लिएको दिएको नोटबाट कारोबार हुन सकिने धेरै कुरा छन् । कारोबारी गर्ने उनि मात्र छैनन कसरी पारदर्शिता छ  कसरि भन्न सक्ने सो भन्ने स्थिति छैन ।  भ्रस्ट सरकारको  भ्रस्ट्राचार छानबिन भ्रस्ट्राचारि सरकारबाट एउटा त्यान्द्रो को पछाडी लागेका छन् त्यो साध्य र समाधान होईन ।

पंचायती राजको भ्रस्ट्राचारको नागरिक समाजले २०४७ आन्दोलन गर्यो पंचायती ब्यबस्था परिबर्तन गर्यो। समयानुसार आर्थिक कारोबारको बार्षिक लेखा जोखा गर्ने सम्पति कर ऐन २०४७ ल्याईयो। तर न त उक्त सम्पति कर ऐन लागु गरियो  न  त पंचायती राजको भ्रस्ट्राचारको खोज तलाश नै गरियो।  ३० बर्षमा कुनै भ्रस्ट्राचारको छानबिन  निजले चित्त बुझने नबुझने गरि भयो? 

                   भ्रस्ट्राचार बढ्यो २०६३ को आन्दोलन भयो भ्रस्ट्राचार रोक्न आर्थिक कारोबारको पारदर्शिता  गराउन लागु नभएको २०४७ को  सम्पति कर ऐन २०६३ पछि लागु अशक्त कानून आउनको सट्टामा सो ऐन नै  खारेज र अख्तियार निवारण ऐन खुकुलो बनाईयो सो को समर्थन गरेर नागरिक समाज नै मह चाटेर बस्यो।  कृष्ण पहाडी र  नागरिक समाजले  भ्रस्ट्राचार निर्मूल गर्नु पर्छ भनेर लागी  परेको छैन भन्ने मेरो सहित जनमानसकोआवाज पलपलमा गुन्जिरहेको छ।

राणातन्त्र, निर्दलीय, राजतन्त्र फाल्नेले भ्रस्ट्राचार निर्मूल किन नसक्ने? नागरिक समाजले चाहेको छैन के कस्तो दाऊ हेरी राखेको छ बुझन नसक्नु छ। 

अहिले आएर भ्रस्ट्राचार बिरुद्धमा फेरी जनआन्दोलनमा जानु पार्ने नागरिक समाजको आब्हान सुन्दा दिक्क लाग्नु स्वाभाविक होईन? जनआन्दोलनमा धकेलेर के गर्ने हो फेरी राजा ल्याउने र भ्रस्ट्राचार निर्मूल हुन्छ को शैनिक शाशन लागु गर्ने। शैनिक शाशनमा भ्रस्ट्राचार हुदैन झन् बढी हुन्छ? भ्रस्ट्राचार भनेको लुकी छिपी लेनदेन हो भ्रस्ट्राचार निर्मूलको लागि आर्थिक कारोबार पारदर्शिता हुने ब्यबस्था र चुस्त न्यायपालिका हुनु पर्छ। तर नागरिक समाज त्यो सुन्न पनि चाहन्न के गर्न लागेको हो? 

जिम्मेवारी न भएको  नागरिक समाज माफिया हुने कर्म थलो भएको छ। नागरिक समाजलाई उपयोग गरि धन कमाउने, राजनीति गर्ने रबि लामोछाने र  स्वागत नेपाल जस्ताको थलो भएको छ । भुटानी काण्डको श्रेय लिन लुप्त छन्।  भुटानी काण्डमा के के गर्ने भनेर आएको देखिएका छन । यिनीहरुलाई २०७७ देखि भुटानी काण्डको बारेमा  पलपल   थाहा थियो। ति दुवैलाई  नोट खारेज गरेर मात्र भ्रस्ट्राचार निर्मूल  हुन्छ भन्ने कुरा थाहा भएर पनि लुटन आएका हुन्।   लुटान  रोकिने  डरले भ्रस्ट्राचार निर्मूल गर्ने नारा मात्र हो भ्रस्ट्राचार रोक्न  चाहदैनन। 

भ्रस्ट्राचार सहन नसकेर विदेश गएर पनि २०७२ साल देखि नेपालको भ्रस्ट्राचार आर्थिक कारोबारको बैंक मार्फत मात्र गर्ने। भ्रस्ट्राचार निर्मूल गर्न सहज तरिकले ३ महिनामा गर्ने सकिने भनि लागि परेको लेखेको राखेको थिएँ। भ्रस्ट्राचार निर्मूल गर्न नोटको चल्न नै बन्द गर्नु पर्छ भनी सो लागि बिदेश भएको ब्यक्ति २०७४ मा  गोबिन्द केसी सोह्रौं अनसनमा सम्पर्क  र रबिन्द्रको  लाउडाको जुलुसमा सामेल भएँ।  कृष्ण पहाडी जी सहित  नागरिक समाजका अभिनेताहरुसंग बाक्लै सम्पर्क भयो। 

भ्रस्ट्राचार निर्मुल संस्था भ्रस्ट्राचारको आवाज एक हिउँद र वर्षा  पर गर्दा पनि पाईन र नेपालमा मुक्त देश रहेछ भन्ने विदेश फर्कनु पर्यो। नागरिक समाज नोट खारेज बिना भ्रस्ट्राचार निर्मुल सम्बभ  छैन र नोट खारेज गर्न सहज छ भन्ने थाहा छ तर गर्न चाहन्न।  तिनीहरुनै भुटानी काण्डका पनि सहयात्री हुन्।

नोट खारेज अभियान:

भुटानी काण्डका काण्डीहरु तत्कालिन  गृह मन्त्री बालकृष्ण खांड, गृह सचिब  टेकनारायण पाण्डेलाइ  गृह मन्त्रालयको अपराध सुधारको लागी नोट खारेज गरिनु पर्ने सो पहलको लागी २०७९  असार  ८ गते दर्ता न १२९८९  मैले निबेदन दर्ता गरेको मन्त्री संग कुरा गर्नको लागी नरेन्द्र के सी को फोन नम्बर लिएको थिएँ । ति बेलामा भुटानी काण्डका काण्डहरु ले नै  प्राथमिकतामा रहेछ।  अनि  भाद्र महिनामा  गृह मन्त्रालयको सहयोगको लागी अन्तरराष्ट्रिय  अपराध  सुधार कविता संग्रह किताबको बिमोचनमा न गृह मन्त्रालय न नेपाल प्रहरीले उपस्थिति नै जनाएनन।

भुटानी काण्डमा ८०० जना जो रकम दिए तिनीहरु अपराधी हुन् अहिले जसले रकम कालोबजारी नोट फिर्ता लिए र लिद्दै दिदै छन् झन् महा अपराधी हुन। मेरो बाणिज्य मन्त्रालय २०७९ को असारमा दर्ता निवेदनको कार्यबाही भएको भए सो रोकिने थियो। अहिले एक बर्षका अपराधी  सो मन्त्रालयका मन्त्रि र सम्बन्धित कर्मचारी हुन्। अझ २५ वटा मन्त्रालयका सचिबलाई नाम तोकेर दिएको  मन्त्रालयको  सुधारको लागि नोट खारेज गर्ने निबेदनको के के अबस्था छ होला ?

नोट खारेज अभियानको अनुरोध:

अन्तमा नेपालमा थाहा न भएको भुटानी काण्डमा रु ४ अरबको घोटाला काण्ड हो २०७४ साल देखि अहिले सम्म करिब रु २० खरबको भ्रस्ट्राचार भैसक्यो दैनिक रु २ खरब हुने गरेको छ। देश बिदेशमा भएका नेपालीले नेपालको भलोको लागी एक महिनामा नोटको सट्टामा डेबिट कार्ड प्रयोग गर्ने  ब्यबश्था  गरेर तीन महिनामा नोट चल्ती खारेज गरि देश बचाऊ !!!  सो को लागि देश बिदेशमा भएका नेपालीहरुले देश बिदेशमा हरेक पसलमा POS  राखेर कारोबार गरेर नोट खारेज गर्ने सकिने कुराको चिन्तन मनन गरेर तिन महिनमा नोट खारेज गर्ने अभियान सफल पारौं !!!

अभियन्ता :  अपराध  आर्थिक सुधारको लागी नोट खारेज

The end

प्रतिक्रिया