‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०८० जेठ १७ गते १०:४५ मा प्रकाशित

नेपाल आईडल फेम्ड गायक गायिकाद्वय किरण भुजेल र अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश बिस्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दिपेन्द्र खत्री ( आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय देख्न सकिन्छ।

रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइकेलको शब्द डी.बि. लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दिपेश प्रधानको मास्टरिंग/ मिक्सिंग, रहेको छ। चक्र बहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

सियोन श्रेष्ठले निदेशन गरेको भिडियोमा कलाकारहरु अभिनय राम्रो देख्न सकिन्छ।

प्रतिक्रिया