प्रथम एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालस क्षेत्रमा आयोजना गरिएको उक्त सम्मेलन मे २६-मे २८ सम्म संचालन भएको थियो ।
उक्त सम्मेलनलाई टेक्ससको अर्बिङ शहरका नगर प्रमुख ओस्कर वार्डले सम्मेलनलाई नेपाली स्वास्थ्य दिवसको घोषणा गरेका थिए ।
मे २६ र २७ मा भौतिक रुपमा उपस्थिति भै सम्मेलन संचालन गरिएको थियो भने २८ का दिन त्यसैलाई निरन्तरता दिदै परोक्ष (भर्चुअल)रुपमा विभिन्न बिज्ञहरुले विभिन्न बिषयमा प्रस्तुति गरेका थिए । उक्त प्रथम स्वास्थ्य सम्मेलन ड्यालस घोषणा सहित सम्पन्न भएको छ ।
मे २७ शुक्रबारका गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय स्वास्थ्य बिभागका सभापति डा संजिव सापकोटा तथा स्थानीय रुपमा संयोजन गर्ने एनआरएनए अमेरिकाका स्वास्थ्य समितिका सभापति डा प्रकाश श्रेष्ठले स्वागत तथा कार्यक्रमबारे जानकारी गराएका थिए । डा किरण सापकोटा ,डा संजिव सापकोटा ,डा प्रकाश श्रेष्ठ लगायतले कार्यक्रम संचालन पनि गरेका थिए ।
स्वास्थ्य र मनोरंजन हेतु दोश्रो दिन मे २७ का दिन ५ किमि हिडाई तथा दौडको आयोजना गरिदै सम्मेलनको दोश्रो मुख्य दिनको सुरुवात गरिएको थियो ।
दोश्रो दिन समुद्घाटन समारोहका टेक्सस राज्यकै युलेस शहरबाट नगर परिषद सदस्यमा निर्वाचित भएका टिका पौडेल प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि पौडेल ,गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रियका महासचिव गौरी जोशी लगायतले सयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका थिए ।
सम्मलेनमा दर्जनौ चिकित्सक तथा बिज्ञहरुले अत्यन्तै राम्रो प्रस्तुति गरेका थिए । प्रस्तुति गर्नेहरुमा स्वास्थ्य परिचारिका (नर्स पेशा )सम्बन्धि डा विभा गौतम ,अन्जु खरेल ,मानसिक स्वास्थ्य सम्बन्धि रेखा कोइराला ,दाँत सम्बन्धि दन्त्य रोग विशेसज्ञ स्मृति राजभण्डारी अमात्य ,मधुमेय रोग सम्बन्धमा डा निल अमात्य ,सम्मेलनमा इम्प्याक्ट नेपाल ,एनएसटि ,एएनपिए,एनआईओएमएच ,एएनएमएफ,एनआरएनए ,एचएफंएन ,बिडीएफ लगायतका संस्थाहरुका प्रतिनिधिहरु सहित आमन्त्रित व्यक्तित्वहरुले संस्थाको बारेमा प्रकाश पार्नुको साथै शुभकामना समेत दिएका थिए ।
तेश्रो दिन मे २८ का दिन आध्यात्मिक गोष्टी लगायत परोक्ष रुपमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपालबाट नै आध्यामिक सम्बन्धमा जीवन बिज्ञानका गुरुदेव एलपी भानुले बोलेका थिए ।
प्रारम्भ देखि नै कार्यक्रमको संचालन डा निशा शर्मा तथा रामहरी रौनियारले गरेका थिए।
तेश्रो दिनको समापन समारोहमा आधिकारिक रुपमा ड्यालस घोषणा परोक्ष( जुम)मार्फत गरिएको थियो । सम्मेलनमा केही व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मेलनमा सीपीआर प्रदर्शन पनि गरिएको थियो। सीपीआरका प्रशिक्षक डा सञ्जीव सापकोटाले हृदयघातको प्रगति रोक्न र दुर्भाग्यपूर्ण मृत्युलाई रोक्नको लागि सीपीआरको महत्त्वलाई प्रकाश पारे।
सम्मेलनको प्रारम्भमा स्वास्थ्य घोषणाको मस्यौदामाथि छलफल भएको थियो । छलफलको संचालन डा किरण सापकोटाले गरेका थिए । सम्मेलनको अन्त्यमा घोषणापत्र जारी गरी सञ्चारमाध्यम र सर्वसाधारणका लागि जारी गरिएको थियो । इरभिङ नेपाली हेल्थ डिक्लेरेशनको मूल्य निकै दूरगामी रहेको र यसले दिगो प्रभाव पार्ने एनआरएनए विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए ।
प्रतिक्रिया