न्यू जर्सीको समुन्द्रतटमा १५ वर्षीय किशोरको डुबेर मृत्यु ,अन्य ५ जनाको उद्धार

इनेप्लिज २०८० जेठ १५ गते २०:१८ मा प्रकाशित

अमेरिकाको न्यू जर्सी राज्यको स्यान्डी हुक नामक समुन्द्रतटमा १५ वर्षीय किशोरको डुबेर मृत्यु भएको छ भने अन्य ५ जनाको उद्धार गरिएको छ ।

घटना आइतबार साँझ ४ बजेपछि स्यान्डी हुक समुन्द्रीतटमा भएको हो । उक्त समुद्रतट क्षेत्र असुरक्षित भएकोले पौडी खेल्न अनुमति नभएको एनबिसीन्यूजले जनाएको छ ।

कम्तिमा छ जनालाई पानीबाट माथि निकालिएको जस मध्ये पाँच जनालाई अस्पताल मृत्यु हुने किशोर सहितलाई त्यहाँ लगिएको थियो। जसलाई त्यहाँ पुगे पछि मृत घोषित गरिएको थियो। एक व्यक्तिले उपचारको लागि अस्पताल जान अस्वीकार गरेका थिए ।

सोमबार बिहानसम्म मृत्यु भएका किशोरको पहिचान स्पष्ट हुन नसकेको एनबिसीन्यूजले समाचार लेखेको छ । चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा लगिएका अन्य चार जनाको उमेर र अवस्था पनि स्पष्ट भै नसकेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया