‘मिष्टर नेपाल २०२३’को काठमाडौं अडिसन शनिबार हुने

इनेप्लिज २०८० जेठ १५ गते १६:४० मा प्रकाशित

काठमाडौंँ । ‘मिष्टर नेपाल २०२३’ को काठमाडौं अडिसन आगामी शनिबार आयोजना हुने भएको छ । देशको बिभिन्न स्थानको अडिसनपछि आयोजकले छनौट चरणको अन्तिम अडिसन काठमाडौंमा गर्न लागेको हो ।

नेपालमा आयोजना हुने पुरुषहरु सहभागी प्रतिष्ठित प्रतियोगीताको काठमाडौं अडिसन शनिबार पानीपोखरीस्थित वालनट बिष्ट्रोमा हुने आयोजक नेक्स्ट मोडल्स्का सिइयो रवि धमलाले जानकारी दिए ।

गतबैशाख २९ गते दमकबाट सुरु भएको पहिलो चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडौमा हुन लागेको हो । सबै अडिसन सकिएपछि प्रतियोगीताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकको योजना छ ।

यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुँदैछ । प्रयोगक न्युलुक ब्युटिफर लाइफले भएको कारण नामको अगाडि न्युलुक जोडिएको हो । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगीतामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।


आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।


देशैभरिका अडिसनबाट छानिएका अन्तिम ३० प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफु लागिपरेको छु’ धमलाले भने ‘यो वर्ष मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिता भन्दा भव्य हुनेछ’ । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगीताका लागि आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ ।

प्रतिक्रिया