विराटनगर, १४ जेठ । कोशी प्रदेशको प्रदेश सभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश’को नाम ऐनमा समायोजन सम्वन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा खानेपानी सिँचाई तथा मन्त्री तिलकुमार मेन्याङ्वो लिम्बूले सदनमा सो प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनकोमा मन्त्री लिम्बूले प्रदेश प्रमुखबाट जारी भएको प्रदेश सरकारको स्थानीय सेवा गठन तथा सञ्चाल अध्यादेश, २०८० तथा प्रदेश निजामती सेवा ऐन पहिलो संशोधन अध्यादेश–२०८० सदनले सर्वसम्मत रुपले पारित गरेको छ।
यसैगरी कोशी प्रदेश निमावली मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले कोशी प्रदेश सभा नियावली २०७९ को मस्यौदाको प्रतिवेदन सभा समक्ष पेश गर्नु भयो ।
बैठकमा प्रदेश सभा निमायवली, २०७४( पहिलो संशोधन समेत)को नियम ६(५) बमोजिम प्रदेश सभाका प्रतिनिधित्व गर्ने राजनीतिक नेताहरुले बोल्नु भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नामकरण विरोधी आन्दोलनकारीहरुसँग वार्ता गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले किसानहरुलाई मल र बीउको व्यवास्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर थापा मगरले सरकार आन्दोलन पक्षसँग वार्ता गर्न तयार रहेको बताउँदै आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य लाई तत्काल रोक्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले छिमेकी मुलुक भारतवाट गाईवस्तु हुने लम्कि स्किन रोग विरुद्धको खोपको खरिद गरी वितरण गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो ।
नेकपा (माओवादी) केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले नामकरणको विरुद्धमा भइरहेका आन्दोलनलाई सरकारले समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेश सरकारले पूँजीगत खर्च बढाउन नसकेकोमा चिन्ता व्यक्त्त गर्दै जनताको चाहना पूँजीगत खर्चले पूरा गर्नें भत्रुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्वरबहादुर विष्टले प्रदेशको नामकरणको विषयमा उठेको सवालमा दलहरु सम्मिलित समितिले समस्या समाधान गर्नु पर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालकी संसदीय दलकी नेता निर्मला लिम्बूले आन्दोलन गर्नु नागरिकको अधिकार भएको हो भन्दै पहिचानवादीसँग अविलम्ब वार्ता गर्नुपर्नेमा जोड दिनु भयो ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशको नाम सच्याउन पर्ने बताउँदै आन्दोलनलाई साम्य बनाउन सरकारको भूमिका सकारात्मक हुनुपर्ने विचार राख्नु भयो ।
यसअघि शुन्य समयमा कमलप्रसाद जवेगु, खगेन सिंह हाङ्गाम, कमला थापा मगर, गणेश प्रसाद उप्रेती, गोपाल तामाङ, गोपालबहादुर विश्वकर्मा, गोविन्द गिरी, गोम्वु शेर्पा, तारादेवी ढकाल, निरादेवी खनाल, नुरसदी वेगम, प्रदीपकुमार सुनार,विनोद राई, मैया श्रेष्ठ , शोभा चेम्जोङ्ग पालुङ्वा, शम्शेर राईले आगामी दिनमा आन्दोलन सडकबाट मात्र होइन सदनबाट हुने भएकाले वार्ता गर्नुपर्ने सुझाव दिनु भयो ।
यस अघि सभामुख बाबुराम गौतमले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र सदनमा पढेर सुनाउनु भएको थियो ।
प्रदेश सभाको अर्को बैठक जेठ १७ गते दिनको ११ बजे वस्ने सभामखु गौतमले सदनलाई जानकारी गराउनु भयो ।
साथै, यसअघि कोशी प्रदेश नामकरण विरुद्ध पहिचानवादीहरुले प्रदेश सभा भवन बाहिर कडा प्रदर्शन गरेको थियो ।
आन्दोलनकारीले उत्तेजित रुप लिएपछि प्रहरीले अवस्थालाई समान्य बनाउन हवाई फायर गर्नुका साथै दजैनौ आश्रु ग्यास छोडेका थिए ।
ढुङ्गामुढा तथा हुलहुज्जतबाट दुबै तफै घाइतेका भएकाहरुको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया