कर्णा ली प्रदेशमा ना गरि क एप सम्बन्धि डि जि टल सा क्षरता का र्यक्रमसम्पन्न, अन्य प्रदेशमा पनि आयो जना हुँदै

इनेप्लिज २०८० जेठ १३ गते १२:१३ मा प्रकाशित

सुर्खेत । राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट व्यक्ति , सरकारी अधिकारी , जनप्रतिनिधि ,आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको
बाक्लो उपस्थिति रहेको थियो ।

नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबार देखि कर्णाली प्रदेशको जुम्ला बाट सुरू गरेको थियो भने शुक्रबार सुर्खेतमा
सञ्चालन भएको थियो । अब जेठ १४ गते घनगढी र जेठ १५ गते नेपालगञ्जमा आयोजना हुँदैछ ।

कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ । नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवा ला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिदैछ । डिज टल साक्षरता लाई जोड दिदै कार्यक्रमहरु संचालन हुने जनाइएको छ ।

नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो , छिटो र सुरक्षित तरिकाले मोबाइल बाटै उपलब्ध गराउने उदेश्य सहित नागरिक एप प्रयोगमा ल्याएको थियो । नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवा हरु उपलब्ध छन् ।

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ता को गुनासो र अन्य सेवा हरु थप्दै यसलाई प्रभा वकारी बनाउने केन्द्रले जानकारी दिएको छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि ना गरिकता , पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभि ङ लाइनसेन्सबाट खाता खोल्न सकि न्छ ।

यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ता को गुनासो छ । यसलई सम्बोधन गर्न केन्द्रले गृहगृमन्त्रालय र जि ल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरि रहेको छ ।

प्रतिक्रिया