शुक्रवार

बिष्णु बराल , मेरील्याण्ड २०८० जेठ १२ गते २१:०१ मा प्रकाशित

शुक्रवार कति आनन्ददायक वार ! बिहीवारको काम सकीन नपाउदै झलझली शुक्रवारको याद आउछ । काममा जानासाथ हेल्लो हाउ आर यु आदी इत्यादि नाटक मंन्चन गर्यो अनी उ सँग छुट्ने वेलामा फ्राईडे म्यान भन्यो अनि एक हलको मेलो हॉस्यो मानौ शुक्रवार केही काम नै गर्नु पर्दैन जस्तो!

त्यसो त काम नगरीकन सुखै हुदैन विभिन्न प्रकारका ई-मेल को उत्तर दिन परिहाल्छ ।मिटीगंहरुमा उपस्थित हुनै पर्छ र कार्यान्वयन गर्नु कर्तव्य नै हो, त्यसैले अरुवार र शुक्रवार मा खासै भिन्नता हुदैन तै पनि किन हो किन रोमन्चक चै बढी नै हुन्छ । हुन पनि हो, सोमवार बाट आफ्नो नियमीत समय हुन्छ । खाने बस्ने सुत्ने आदि समयबद्ध तरीकाले गरेन भने कता कता के के नमीले जस्तो !

तर जब शनिवार आउछ उ फुक्लेको ढीकी बन्न पुग्छ कसैले कति सुतेको पनि भन्न सक्दैन मनमा यति आनन्द हुन्छ की नियमीत काम केही पनि गर्नु नपर्ने ! काम भनेकै एकहप्ता लाई पुग्ने खानेकुराको जोहो गर्नु मात्र हुन्छ ।

अन्यथा टी बी, फेसबुक, टीक टक चलाउने मनलागे लेख्ने ,पढने आदि इत्यादि जे गरे पनि ईस्क्याजुल (Schedule) नचाहीने सबै फ्री भएको जस्तो महसूस हुन्छ ।पॉच दिन सम्म गरेको सबै शारीरिक मानसिक भार सकीए जस्तो हुन्छ त्यसमा पनि भोली पल्ट आईतवार प्रायः जसो विभिन्न कार्यक्रमहरु हुने हुदा साथी भाईहरु सँग भेट हुने दिन , जमघटको दिन ले अर्कों उत्साह प्रदान गर्दछ ।

अर्कों तर्फ हप्ताभरी गरेको मेहेनतको कमाई पनि शुक्रवार नै पाउने हुदा खर्च गर्न पनि सजिलो हुन्छ। त्यसैले शुक्रवार पछीको दुई दिनका कारण र तलव भत्ता पाउने वार भएर नै होला ह्यप्पी फ्राईडे भनेको त्यसमा पनि अमेरिकामा परेका सबै सार्वजनिक विदा सोमवार र शुक्रवार पारेर लगं उईकेण्ड को भावना पनि छताछुल्ल हुन्छ यसरी बर्षमा दश हप्ता त यही लगं उईकेण्डको हल्ला ले मन प्रफुल्लित हुन्छ।

त्यसैले शुक्रवारको सॉझ नॉचौ गॉऔ झुमौ र भनौ ह्राप्पी फ्राई डे !!

-बिष्णु बराल , मेरील्याण्ड

प्रतिक्रिया