´तिम्रो याद` भिडियो सार्वजनिक´

इनेप्लिज २०८० जेठ १२ गते ११:१७ मा प्रकाशित

“संगीत र साधना पर्याय हुन्”। यसैलाई काँधमा बोकेर नेपाली सुगम संगीतको एक नमुना स्वरूप नाम हो बिरेन रसाईली। यीनै उदयमानगायकको, अमेरिकाको पेन्सिलभेनिया स्थित हेरिस्वर्ग शहरमा एक विशेष कार्यक्रम आयोजना गरि “अन्तिम पत्र” नामक गीतको प्रिमीयरगरिएको छ।

´तिम्रो यादएल्बमको अर्को सुमधुर गीत ´अन्तिम पत्र को शब्द रचना – दिलिप घिमीरे, संगीत संयोजन – देवेन्द्र नेवा र स्वर/संगीतस्वयं बिरेन रसाईलीको रहेको छ।

यस गीतको भिडीयो प्रकाश धितालले खिचेका हुन् भने मुख्य कलाकारमा बिमलेश अधिकारी,केकी अधिकारी र अभिषेक सुनारकोरहेका छन्।यो गीत बिरेन रसाईली युटुब च्यानलबाट प्रसारण गरिएको छ। यो गीत “एराउण्ड टाउन् होमकेयर”प्रकाशनमा बिरेन स्वयंले प्रस्तुत गरेका हुन्

कार्यक्रममा उहाँका परिवार र समजका विशेष व्यक्तित्वहरू लगायत निमन्त्रणा गरिएका निम्तारूको पनि बेजोड उपस्थितिले कार्यक्रमहर्षोल्लास भएको थियो।

यस प्रकाशन कार्यक्रममा गीतकार/कवि/गजलकार श्री “शेखर कोइराला” , गीतकार/कवि/गजलकार श्री “पातलो अन्तरे”, पिजन फेदरस्टुडियोका प्रोपाइटर श्री “लक्ष्मी अधिकारी”, समाजसेवी गोविन्द नेपाल, समाजसेवी बन्धु अधिकारी, समाजसेवी कपिल खरेलकोउपस्थिति थियो। यमन खरेलको विशेष आतिथ्यमा कार्यक्रम सुसम्पन्न गरिएको थियो।कार्यक्रममा उपस्थित सबैले उत्साहका साथनेपाली संगीत, यस गीत र बिरेन रसाईलीको उत्तरोत्तर प्रगतीको कामना सहित बधाई ज्ञापन गरेका थिए।

“कुनै पनि क्षेत्रको कलाकार समाजको दर्पण हो र यसलाई बचाउन हरेक क्षेत्रबाट सहयोग गरिनु पर्छ” र गरिदिनु हुन श्री यमन खरेललेआग्रह पनि गर्नु भएको छ। कार्यक्रममा शेखर कोइराला, पातलो अन्तरे लगायत केहि कलाकारले गजल सुनाएका थिए भने स्वयं बिरेनलेमीठा गीतहरू सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। ।यस कार्यक्रमको छायांकन विष्णु नेपाल र लक्ष्मी अधिकारीले गरेका थिए।

कार्यक्रमको अन्त्यमा ! परिवार, अतिथी लगायत आफन्तजनले पुष्प गुच्छा र बधाई ज्ञापन गरेसँगै कार्यक्रमको अन्त्य भएको थियो।

प्रतिक्रिया