नेपाली दूताबास लण्डनको घुम्ती सेवाको निरन्तरता, स्कटल्यांडबासी नेपाली लाभान्वित

इनेप्लिज २०८० जेठ ८ गते १:०६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यांडको बिशेष पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्यांडको ग़्लासगो र एबर्डिनमा पुनः सेवा प्रवाह गरेको छ भने भोली सोमबार बिहान एडीनबराको हिमालयन सेण्टरबाट सेवा लिन सकीने जानकारी गराईएको छ।

नेपाली दुतावास लण्डनद्वारा नेपाली पासपोर्ट , भिसा , एन आर एन ए कार्ड, वारेसनामा लगायत अन्य कामहरुको लागि स्कटल्यांडको विभिन्न स्थानबाट घूम्ती सेबा संचालन भएको हो।

यस कार्यमा नेपालीहरुलाई सेवा प्रदान गर्न एबर्डिनमा नेप्लीज़ हिमालयन एसोसीएसनले एनआरएनए र नेपाली दूतावाससंग समन्वय गरेको थियो। नेपाली दूतावासका अधिकारीहरु मार्फत ऐबर्डीनमा बसोबास गर्दै आएका दर्जन भन्दा धेरै सेवाग्राहीहरुले प्रत्यक्ष लाभ लिएका छन। जसमध्ये १० जनाले राहदानी नवीकरण, २ जनाले एनआरएनए कार्ड, २ जनाले भिसा र १ जनाले वारिसनामाको लागी आवेदन दिएका थिए।

यसअघि आज नै स्कटल्यांडको ग्लास्गोमा नेपाली दूतावास लण्डनको घुम्ती टोलीमार्फत ४० जना नेपाली सो सेवाबाट लाभांवित भएका छन। जसमध्ये ३५ जनाले राहदानी र ५ जनाले एनआरएनए कार्डका लागी आवेदन दिएका थिए।

कार्यक्रमलाई सफल बनाउनको लागी एनआरएनए स्कटल्यांडका अध्यक्ष काशीराम भण्डारी, सचिव मनीष खत्री, कोषाध्यक्ष शर्मिला ढकाल, सह-सचिव सुमी ओझा भण्डारी, सदस्य घनश्याम भण्डारी, सल्लाहकार डा. शिव तिवारी लगायतका व्यक्तिहरु सक्रियरूपमा लागी पर्नु भएको थियो। यसैग़री, एबर्डिनमा संचालन गरिएको घुम्ती सेवामा नेप्लीज़ हिमालयन एसोसिएसनका अध्यक्ष नबीन क्षेत्री, सचिव डा. मुकुल दाहाल, कोषाध्यक्ष लब सिम्खडा लगायतले व्यवस्थापन र सहजीकरण गर्नु भएको थियो।

अन्त्यमा गैरआबासीय नेपाली संघ स्कटल्यांडक़ा अध्यक्ष भण्डारीले नेपाली दूतावासबाट नेपालीहरूलाई सेवा र सहयोग गर्न पाउँदा सारै खुसी लागेको भन्दै आगामी दिनमा पनि यसरी नै नेपाली समुदायको लागी दूतावासको सेवाको निरन्तरताको लागी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

प्रतिक्रिया