बालेन शाह मलाई मनपर्छ किनकि बालेन शाह निडर छन । बालेन शाह मलाई मनपर्छ किनकि एक्लो भएपनि बालेन शाहमा आँट, हिम्मत र साहस छ । बालेन शाहको काम गर्ने शैली र तरिका मलाई मनपर्छ किनकि बालेन शाह आत्मबल भएको साहसिक छन ।
बालेन शाहले काठमाडौं महानगरपालिकामा हलचल मचाएका छन । बालेन शाहको प्रशंसा जति गरेपनि कम नै छ । बालेन शाहले काठमाडौं महानगरपालिकामा प्रशंसा योग्य र साहसिक कार्य गर्दै आएका छन ।
बालेन शाहलाई काठमाडौं महानगरपालिकामा काम गर्न काँग्रेस पार्टी, माओवादी केन्द्र पार्टी र एमाले पार्टीका जस्ता नेताहरू तथा केन्द्रिय सरकारको कारण काम गर्न सहज वातावरण भने छैन थुप्रै चुनौतीहरु छन । थुप्रै चुनौतीहरुका बावजुद पनि बालेन शाहले संघर्ष गर्दै काठमाडौं महानगरपालिकामा विकासका कार्यहरू गरिरहेका छन ।
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले फोहोर व्यवस्थापनलाई अवरोध गरी विरोध गरेका थिए । बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले काठमाडौं महानगरपालिकाको विकास गर्न दिदैनन जस्तो लाग्न लागेको छ । सरकार, सांसदहरू, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूबाट हरेक कामहरूमा रुकावट, अवरोध र बाधा अडचन पैदा गरी बालेन शाहलाई जसरी भएपनी असफल र विफल बनाउने योजना हो । बालेन शाह सफल हुने बित्तिकै सरकार, सांसदहरू, मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूलाई आफुहरु विफल भइ मुलुक भर पत्तासाफ हुने डर छ । यसकारण काठमाडौंवासी हरुले पनि पुर्ण रुपले बालेन शाहलाई समर्थन गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरवासीहरुले मेयरका रूपमा इन्जिनियर, दक्ष, उर्जा, जोश, जाँगर र शीप भएको स्वतन्त्र युवा उम्मेदवार बालेन शाह पाउनु भएको छ । काठमाडौंका महानगर वासीहरु लाई यो भन्दा हर्षको कुरा के नै हुन सक्छ । बालेन शाहलाई सफल पार्न काठमाडौंवासी र मुलुक बाहिर रहनु भएका सबैले सक्दो सहयोग गरौं ।
अब बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ । स्वतन्त्र उम्मेदवारको शक्ति र उर्जा नै दलीय नेताहरू भन्दा भिन्न हुन्छ । बालेन शाहले राजा ज्ञानेन्द्र शाह जस्तै उद्धारवादी र देशभक्त भएर होइन । बालेन शाहले तत्काल अन्तर्राष्ट्रिय शक्तिहरू संग समन्वय र सहकार्य गरि मुलुकमा नै कब्जा गर्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय शक्तिहरु संग समन्वय नगरी मुलुकमा कब्जा गर्न संभव छैन । बालेन शाहलाई राम्ररी काम गर्न र गरि खान दिने छैनन ।यसकारण बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ । बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रच्नु हुनेछ भन्ने आशा राखेको छु ।
बालेन शाहले सरकार, नेताहरू र सांसदहरूलाई समेत चुनौती दिएका छन काठमाडौंको हितमा काम गर्नुहोस कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन । हामीलाई हाम्रो सम्पदा, धर्म, संस्कार, संस्कृति, कला र सभ्यता चाहिन्छ । राजनिती चाहिंदैन भनेका छन ।
बालेन शाहले विद्यालय पढने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ । त्यस माथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो भने, मेरो विचारमा बालेन शाहले यथार्थ कुरा गरेका छन । काठमाडौंमा मात्र होइन नेपालमा सात वटा प्रदेश र ७७ वटा जिल्लामा शिक्षकहरुले सरकारी विद्यालयहरुमा दलगत शैक्षिक संगठनको आडमा राजनीति गर्ने गरेका छन । शिक्षकहरुले के बुझ्न आवश्यक छ भने विधालय राजनीति गर्ने ठाउँ होईन पढाउने ठाउँ हो । विद्यालयमा राजनीति गर्ने शिक्षकहरूले राजनीति गर्ने हो भने आफनो शिक्षक पेशा बाट राजीनामा दिनुपर्छ । शिक्षकहरू बाट विद्यालयमा भएको राजनीतिमा प्रतिबंध लगाउनुपर्छ । शिक्षक संघ र संगठनहरु सबै खारेज गर्नुपर्छ ।
शिक्षा सुधारका लागि काठमाडौंका महानगरपालिकाको मेयर बालेन शाहको नेतृत्वमा काठमाडौ महानगरपालिकाले गरेका केही कामहरु यसप्रकार छन । (१) विद्यालय पढने ठाउँ हो । विद्यालयमा राजनीति गर्नु हुँदैन । (२)विद्यालयको चिन्ह षटकोण हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षटकोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ । (३)सामुदायिक विद्यालयहरुमा टाइ अनिवार्य नहुने । (४)संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने हुनुपर्ने । मनलाग्दी शब्द जोडन नपाइने । (५)पब्लिक शब्द जोडन चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने । (६)नेसनल शब्द जोडन चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ । (७)इन्टरनेसनल शब्द जोडन चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने । काठमाडौं महानगरपालिकाले गरेका सात वटा कामहरु सात वटा प्रदेश र ७७ वटा जिल्लाका विद्यालयहरुमा पनि लागु गरिनुपर्छ मेरो सल्लाह र सुझाव रहेको छ । तसर्थ नर्सरी, एलकेजी, युकेजी, कक्षा एक र कक्षा दुई आदि इत्यादि विधार्थीहरुलाई पुस्तकको भार अत्याधिक बढि भएको छ । पुस्तकको भार कम गर्नुपर्छ । कम पुस्तकमा पनि अत्याधुनिक तरिकाले धेरै ज्ञान प्राप्त होस भन्ने मेरो मान्यता हो । सरकारी विद्यालयहरुमा विद्यालयका संचालक समिति र प्रधानध्यापक मिली विधार्थीहरुलाई टाई र बेल्ट बिक्री गरी व्यापार गर्ने गरेका छन । सरकारले सरकारी विद्यालयहरुमा निशुल्क शिक्षा भनेको छ । तर कुनैकुनै सरकारी विद्यालयहरुमा विद्यालयको संचालक समिति र प्रधानध्यापक मिली सहयोग रसिदको नाममा विधार्थीहरु बाट शुल्क समेत लिने गरेका छन । केही सरकारी विद्यालयका शिक्षकहरुको बोडिंग स्कुलहरुमा शेयर समेत लगानी भएको पाइएको छ । आदि इत्यादि कुराहरूमा रोक लगाउनुपर्छ । सरकारी विद्यालयहरुका शिक्षकहरु आफु सरकारी विद्यालयमा कार्यरत भइ पढाउने र आफनो छोराछोरीहरुलाई बोडिंग स्कुलमा पढाउने गर्छन यो मुनासिब हो ? अंकुश लगाउनुपर्छ ।
मुलुकमा आर्थिक संकटको समय छ । नेपाली जनताहरुलाई राजसंस्था फ्याँकेको पाप लागेको हो । नेपाली जनताहरुले राजसंस्थाको महत्त्वलाई कदापि बुझ्न सकेनन । जनताहरुले सडकमा उफ्रि उफ्रि राजसंस्थाको विरोधमा नारा लगाएको त्यो दिन बिर्सि सके होलान तर मैले भने बिर्सेको छैन ।
मुलुकमा राजसंस्था रहेको समयमा व्यवसायी प्रेम प्रसाद आचार्य र शंकर कंडेल जस्ता युवाहरुले आत्मदाह गरेको थाहा थिएन । आज व्यवसायीहरू आत्मदाह गर्नुमा नेताहरू र जनताहरु बराबरका दोषी र जिम्मेवार हुन । जनताहरुले एक्लो राजपरिवारले राज्यकोष ढुकुटी खाएको मात्र देखे । अहिले हजारौं नेताहरूले मुलुकलाई लुटि बर्बाद र तहसनहस पारे । जनताहरु केवल नेताहरूको दास र पेवा बनेका छन । जनताहरुले अझै पनि संघीयताको विरोध गर्दैनन । विशेषगरी नेपालीहरुको लागि संघीयता नै बोझ हो । मुलुकमा मैले संघीयता लागु भएदेखि नै भन्दै आएको थिए । हाम्रो मुलुकको लागि संघीयता घातक र अफाब सिद्ध छ । समानुपातिक प्रणाली र संघीयता तत्काल खारेज गर्नुपर्छ ।
मुलुकमा संघीयताले केही पनि उपलब्धि देखिएन । संघीयताले सात वटा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र सांसदहरूको मात्र हित भएको छ । यथार्थमा नेपालीहरुको लागि समानुपातिक प्रणाली, संघीयता भार र घातक हो । आज व्यवसायीहरू आत्मदाह गर्नुमा के पी शर्मा ओली, गोकुल बास्कोटा, विष्णु पौडेल, महेश बस्नेत, सुभाष नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर प्रसाद कोइराला, शशांक कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, वर्षमान पुन, राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता नेताहरू र जनताहरु पनि बराबरको दोषी र जिम्मेवार हो ।
हामी हाम्रो मुलुकलाई कृषिप्रधान देश भन्छौं । मुलुकमा मल कारखाना छैन । प्रायःजसो कलकारखानाहरु बन्द अवस्थामा छन । मुलुकमा माल सामानहरु आयात मात्र भइरहेको छ । मुलुकबाट मालसामानहरु निर्यात भइरहेको छैन । माथि नाम उल्लेखित नेताहरूसँग कृषक, व्यवसायी, युवा वर्ग र बेरोजगारको लागि कुनै भिजन, दुरदृष्टि सोच र कुनै प्लानिंग नै छैन जताततै डामाडोल छ । मानिसले आत्मदाह नगरेर के गरुन बाध्यता छ । जनताहरुले एक्लो राजपरिवारले खाएको मात्र देखे । अहिले हजारौं नेताहरूले मुलुकलाई लुटि बर्बाद र तहसनहस पारे । जनताहरु केवल नेताहरूको दास र पेवा बनेका छन । जनताहरुले अझै पनि संघीयताको विरोध गर्दैनन ।
मुलुकका नेताहरू सरकारको समर्थन फिर्ता लिने र सरकार ढाल्ने खेलमा मात्र व्यस्त छन । मुलुकमा सरकार, सांसदहरू र नेताहरूले जताततै तहसनहस पारे । जसरी पनि सबै नेताहरूको उद्देश्य राष्ट्रिय ढुकुटी दोहन गर्नु नै हो । मुलुकको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश, उच्च अदालत र जिल्ला अदालत हरुमा रिक्त न्यायाधीशहरूको आजसम्म नियुक्ति गर्न सकेका छैनन लाजमर्दो छ ।
बालेन शाहले भने भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउदिन म चही । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो । यस्तो निर्धक्क हकी कुरा बोल्न सक्ने आँट, हिम्मत र साहस कोहीमा छ ? केवल मेयर बालेन शाहमा मात्र छ । यसैकारण बालेन शाहको काम गर्ने शैली र बोल्ने तरिका मलाई मनपर्छ ।
अब बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रचना गर्ने समय आएको छ । बालेन शाहलाई जसरी भएपनि असफल बनाउनका लागि अनेकौं प्रयत्न र प्रयासहरु भइरहेको छ । बालेन शाह विरुद्ध अनेकौं षडयन्त्र रचि रहेका छन । सरकार, सांसदहरू र नेताहरूको लागि बालेन शाह आँखाको कसिंगर बनेका छन । बालेन शाह राजा ज्ञानेन्द्र शाह जस्तो उदारवादी भएर काम छैन । अब अन्तर्राष्ट्रिय शक्तिहरुको सहयोगमा मुलुकमा बालेन शाहले नै सत्ता कब्जा गर्नुपर्ने देखिन्छ । बालेन शाहले बुझ्नुपर्ने र मनन गर्नुपर्ने यथार्थ कुरा के पी शर्मा ओली, गोकुल बास्कोटा, विष्णु पौडेल, महेश बस्नेत, सुभाष नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर प्रसाद कोइराला, शशांक कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, वर्षमान पुन, राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता नेताहरूबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । वर्तमान व्यवस्था फ्याँक्नुपर्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, मोबाइल नम्बर: ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया