विराट राजा दरवार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम

इनेप्लिज २०८० जेठ ६ गते २३:५७ मा प्रकाशित

विराटनगर,६ जेठ । विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम भएका छन् ।

कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट –बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त्त दौडमा रावतले २३ किमिमिटर दुरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पुरा गरी रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी उक्त दौडमा सुशिलकुमार शाही द्धितीय , मोहन देव जोशी तृतीय स्थान प्राप्त गरी कमशः रु ७५ र रु ५० हजार नगर पुरस्कार प्राप्त गर्नु भएका छन् ।

यस्तै होमलाल श्रेष्ठ चौथो, श्रीकास राई पाँचौ र किरणसिंह वोगटी छैठो स्थान प्राप्त गरी रु १५ ÷१५ हजार प्राप्त गर्नु भएको छ।

उक्त पुरुष दौड प्रतियोगितामा ५४ जनाको सहभागिता रहेको थियो ।यसैगरी महिलातर्फको पाँच किलोमिटर दौडमा रेखा विष्टले १९ मिटर ०४ सकेण्डमा दुरी पार गरी प्रथम स्थान प्राप्त गरी रु २५ हजार प्राप्त गर्नु भएको थियो ।

यसैगरी द्धितीय सीमा थारु चौधरी तृतीय विर्सना कुमालm र चौथो मा अन्सु मण्डलले क्रमशः रु २० , १५, १० हजार पुरस्कार प्राप्त गर्नु भएको थियो ।

महिलातर्फ १९ जनाको सहभागिता रहेका थिए भने १० र ११ वर्षिया बालिका जुही र जुनी राईको समेत सहभागिता रहेको थियो ।

हाफ म्याराथुन विराटराजाको दरबार सङ्ग्रहालय भेडियारीबाट शुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केशलिया रोड, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटमा सम्पन्न भएको थियो ।

प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले सुनसरीको बर्जुतालमा आयोजित कार्यक्रममा विजेताहरुलाई पुरस्कार वितरणमा यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

उहाँले सङ्घीय सरकारको समेत लगानीमा विराट राजाको दरवार एवं बर्जुतालमा थप लगानी ल्याउनका साथै भारतीय पर्यटकहरुलाई आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने धारणा राख्नु भयो ।

सो अवसरमा प्रदेश सभा सदस्यहरु अमृत अर्याल, रामदेव यादव , मन्त्रालयका सचिव डा सन्जिवकुमार राई, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार राय र सुनिल श्रेष्ठले यस क्षेत्रको विकासबाट मुलुकको समृद्धि झल्कने विचार राख्नु भयो ।

प्रतिक्रिया