यौन धन्दा चल्दै आएको संरचना वडा कार्यालयले भत्काए

इनेप्लिज २०८० जेठ ४ गते २१:४४ मा प्रकाशित

पोखरा ५ मालेपाटनमा विद्यालय नजिकै यौन धन्दा चल्दै आएको संरचना वडा कार्यालयले भत्काएको छ ।

मालेपाटनस्थित बाराहि मावि नजिकै रहेको धर्मस्थली आभारभुत विद्यालयको जग्गामा अवैद्य रुपमा यौन धन्दा हुन थालेपछि वडाले आज हटाएको हो ।
वडा कार्यालय अगाडी नै रहेको होटलहरुमा लुकीछिपि यौन धन्दा हुँदै आएको थियो । यतिमात्र होइन् । राज्यले विद्यालयको सय मिटरको हातामा कुनैपनि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बेचविखन गर्न पाइदैन तर त्यहाँ रहेका हरेक होटलले वेच्दै आएका थिए । जसका कारण विद्यार्थीहरु समेत सोही स्थानमा आउने गर्दथे । यौन धन्दा चलेको स्थान अघि वडा कार्यालय रहेको छ पुर्वतर्फ शसस्त्र प्रहरी बलको कालिका गण, दक्षिण तर्फ नेपाल विद्युत प्राधिकरणको कार्यालय र दक्षिण पश्चिम तर्फ बाराही मावि रहेको छ । पटक पटक वडालाई उक्त विषय जानकारी गराएपनि यो भन्दा अघि कसैले हटाउन सकेको थिएन । के भन्छन स्थानिय यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया