दुईचार जना उफ्रदैंमा आफ्नो खुट्टाको रौं पनि नझर्ने आरजु राणाको कडा चेतावनी (भिडियो सहित)

इनेप्लिज २०८० जेठ ३ गते २१:५३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकि धर्मपत्नी एवं कांग्रेस नेतृ डा. आरजु देउवाले आफ्नो विरोध गर्नेहरूलाई एकाध जनाले विरोध गर्दैमा र उफ्रिदैंमा केही नहुने उल्लेख गरेकी हुन् । सामाजिक सञ्जाल मार्फत् उनले व्यक्ति वा संस्थाको नाम उल्लेख नगरी आफू विरुध्द एकाध उफ्रिँदैमा केही फरक नपर्ने धारणा व्यक्त गर्दै लेखेकी छन्, ‘म यो देशमा १०४ वर्ष शासन गर्ने पुर्खाको सन्तान हुँ,मेरो श्रीमान राणा शासन ढाल्ने योध्दा । २, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैमा मेरो र मेरो श्रीमानको खुट्टाको रौं पनि झर्दैन, चेतना भया ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भिआइपीहरुको नाम सार्वजनिक हुने क्रममा उनले उक्त चेतावनी दिएकी हुन् । आफू निकट पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत एक दर्जन प्रहरी खोरमा पुगेका छन् । अरु आधा दर्जनमाथि आरोप लागेको छ ।

प्रतिक्रिया