शरणार्थी ,मानब बेचबिखन र भ्रस्टाचार

बीरकाजी बस्नेत २०८० जेठ २ गते ११:२० मा प्रकाशित

राष्ट्र निर्माणको प्रकृया ,सहज जिबनयापन र दुनियाँमा भएका युद्धका क्रममा नेपालीहरु ईतिहासको कालखन्डमा बिभिन्न ठांउमा पुगेर जिबिकोपार्जन गर्न पुगे । यसै क्रममा प्रथम र दोस्रो विश्वयुद्धमा ब्रिटिश पक्षधरतामा जापान बिरुद्ध लड्न बर्मा पुगेका नेपाली हरु जो मर्ने र घाइते हुन बाट बचेँखुछेका थिए।


कालन्तरमा उतै बसोबास गर्न पुगे । उनिहरुको नेपाल सँग सम्बन्ध र सम्पर्क त्यो समयको यातायात र संचारको अभाबले टुट्न पुगेको थियो । पछी सन १९६० तिर सैनिक जनरल वो ने विन्सले सत्त्ता हातमा लिए पछी गैर्ह बर्मेलीलाइ त्यहा बाट लखट्ने काम सुरु भयो र त्यहा रहेका नेपाली भासीहरु उत्तर पुर्बी भारत हुँदै कस्टकर जिबन बिताइरहेका र परिवारका सदस्यको जहाँ मृत्‍यु भयो त्यही छ्ड्दै हिडिरहेको अवस्था थियो । राजा महेन्द्रले बर्माको राजकिय भ्रमण गरेको समयमा उक्त कुरा थाहा भए पछी उनिहरुलाई नेपाल ल्याएर बिराटनगरको रानी ,नबलपरासिको सुस्ता ,भैरहवा र कंचनपुरको महेन्द्रनगर छेत्रमा पुनर्बास गराएका थिए । अहिले सुस्तामा सिमा रक्षा गर्ने ,कंचनपुरमा भारतिय यस् बिको गोली खाने गोबिन्द गौतमहरु उनिहरुकै दरसन्तान हरु हुन । यसै क्रममा उत्तर पुर्बी भारतको आसाम,मेघालय र मणिपुर तिर बसोबास गर्ने नेपालीभासी हरुलाई बिभिन्न समयमा आक्रमण ,लुट्पाट हत्या र बलत्कार र साम्प्रदायिक दंगा मार्फत बिस्थापन गर्ने कार्य गरियो । फिरङी अंग्रेज सँग युद्धका कारण सिमा पारी बन्न पुगेका नेपालीभासी दार्जिलिङ्म ,सिलगूडी र डुबर्स छेत्रमा बसोबास गर्ने हरुलाई पश्चिम बंगाल राज्यमा मिसाइदिएको छ । सभ्यता ,भासा ,संस्कृति बेमेलका कारण उनिहरुले बिभिन्न कालखण्डमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरेर आन्दोलन गरिरहेका छन । चिकेन नेक भनेर पनि चिनिने रणनितीक महत्वको उक्त क्षेत्रमा भएका आन्दोलनहरुलाई राज्य सरकार र केन्द्र सरकारले बिभिन्न राज्यबाट अर्धसैन्यबल ल्याएर प्रयोग गरी बुट मुनी कुल्चेर राखी रहेको छ । सुबाश घिसिङको नेत्त्रित्वमा भएको आन्दोलनताका करिब एघारसय नेपालीभासिहरुले सहादत प्राप्त गरेका थिए । नेपालले उक्साएर उक्त आन्दोलन गराएको भनी उल्टै भारतले आरोप लगाउने र दबाउने निहु बनाउने गरेको छ । नेपाली भासी बहुमत रहेको स्वतन्त्र देश सिक्किमलाई देखावटी प्रजातन्त्र र संबिधानसभाको चुनाव मार्फत लेन्डु दोर्जेको नेत्त्रित्वमा अधिक बहुमतका साथ राजा चोग्याललाई सताच्युत गर्दै भारतमा बिलय गराइयो । उक्त कुराको नेत्र्तित्व भारतीय गुप्तचर संस्था र ले बर्तमान प्रधानमन्त्रिका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मार्फत गराएको थियो । केही समय पहिले मात्रै भारतको संघिय सर्बोच्च अदालतले त्यहां रहेका लेप्चा बाहेक नेपालीभासिहरुलाई गैर भारतीय घोषणा गरेको थियो । तर ब्यापक आन्दोलन र चौतर्फी दबाब पस्चात उक्त आदेश फिर्ता लिएको छ । उक्त सबाल फेरी उठाएर र नेपाली भासी सिक्किमेहरुलाई कुनै पनि बेला अनागरिक बनाउने संभावना बढेको छ ।

पन्ध्रौ सताब्दी तिर भुटानमा खेतिकिसानी र जग्गा आबाद्को लागि भुटानी राजाले नेपाली राजा सँग जनसक्ती माग गरेकाले नेपाली हरु त्यहा गरेर जंगल फडानी गरेर खेती किसानी गर्न र मकै भुटेर पनी खान सकिन्छ भन्ने कुरा त्यहाका डुक्पाहरुलाई सिकाए । त्यहा रहेका नेपाली भासी भुटानिहरुको बर्तमान वाङ्चुक राजबंसको भन्दा पुरानो ईतिहास छ । जब सन ९० को दसकमा नेपालमा बहुदलिय प्रजातन्त्रको पुन्र्स्थापना भयो र त्यसको प्रभाब भुटानमा पनि पर्न पुग्यो । त्यहा रहेका केही डुक्पा र नेपालीभासी भुटानी हरुले प्रजातन्त्रको नारा उठाए र देशमा प्रजातन्त्र र संबैधानिक राजतन्त्रको कुरा गरे । सिक्किमको उदाहरण सम्झदै नेपालभासिहरुले भुटानलाई भारतमा बिलय गराउन सक्छन भन्ने निहु बनाएर नेपालमा प्रजातन्त्र बादिहरुलाई पन्चायतले अरास्ट्रियतत्व भने झै अरास्ट्रियतत्व करार गर्दै गैर नागरिक बनाएर देशबाट घरबास लुट्पाट गरी लखेट्ने काम गर्‍यो । उक्त कार्य गर्नका लागि तत्कालिन भारतीय प्रधानमन्त्री राजिब गान्धिको पनि परोक्ष् ईशारा थियो भन्ने कुरा भुटानी राजाले एक भेट्मा नेपाली नेता चक्र बास्तोलालाई बताएका थिए । भुटान बाट लखेटिए पछी उनिहरुको पहिलो गन्तब्य भारत नै हो । तर भारतीयहरुले उनिहरुलाई आफ्नो भुमिमा रहन दिएनन र ट्रकमा कोचेर नेपाली सिमामा ल्याइदिए । उनिहरु झापा र मोरंग बिभिन्न स्थानमा सिबिर बनाइ बसे । उनिहरुलाई स्वदेश फिर्ता गर्न पहिलो बार्ता नेपाली प्रधानमन्त्री गिरिजा र भुटानी राजा जिग्मी सिंगे बिच ढाका सार्क सिखर सम्मेलनको बेला भएको थियो । उक्त बार्तामा राजा जिग्मी सिङेले उनिहरुलाई आतंककारी घोषणा गरिदिए भने गिरिजा कोइराला भने अब अन्तरराष्ट्रियकरण गर्छु भन्दै फर्किए । त्यस पछी पटक पटक मन्त्रिस्तरिय बार्ता भए । करिब १४ पटक सम्म भएका बार्तामा भुटानी बार्ताकारहरुले नेपालीहरुलाई उल्लु बनाउदै शरणार्थी लाई भुटानी ,गैर भुटानी ,अपराधकर्ममा संलग्न भुटानी भनी बर्गिकरण गरिदिए । भारतले कहिले मध्यस्तता त गरिदिएन दिएन आफ्नो देश आँफै जान्छौ भनी अघी बढेका शरणार्थिलाई मेचीपुल पारी पाइलो टेक्न सम्म पनि दिएन । नेपालीहरुले बार्ताकालमा पनि भुटानी बाट रकम बुझ्ने गरेको कुरा बाहिर आएको छ । एक पटक भुटानी राजाका मामा नेपालमै पुनर्बास गराए आठ अर्ब रुपया दिने प्रस्ताब लिएर आएका थिए तर त्यो कुरा अघी नबढे पछी तिनै ब्यक्ती १२ हज्जार शरणार्थी फिर्ता लाने नेपाल बस्न चाहनेलाई नेपालमै नागरिकता दिएर राख्ने ,प्रमाणिकरण जारी राख्ने र यि कार्यका लागि भुटानले एस् अर्ब रुपया दिने प्रस्ताब ल्याएर आएको थियो । त्यो प्रस्ताब पनि अघी नबढे पछी भुटानी सरणार्थि सिबिर सुदुर पश्चिमतिर सारे देखी ३ अर्ब रुपया दिने प्रस्ताब भुटानले गरेको थियो । तर दोस्रो प्रस्ताब सम्बन्धी सम्झौता राजाले नेपालमा शासन हातमा लिएर सुर्य बहादुर थापालाई ६० सालमा प्रधानमन्त्री बनाएको बेला पररास्ट्र मन्त्री बनेका डा.भेस बहादुर थापाले भुटान भ्रमण गर्दा पैसा नलिइकन सित्तै सम्भवत गरेनन नै होला ।

अर्को चरणमा यु यन यच सि आर र अमेरिका लगायतका मुलुकले शरणार्थिलाई फेरी थप शरणार्थिको दर्जमा अमेरिका लगायतका राष्ट्रहरुमा स्थानातरण गराइयो जुन घटनाको जस्तो दोस्रो उदाहरण दुनियाँमा कतै भएको छैन । त्यही प्रकरणमा नेपाली नागरिकलाई गैर नागरिक बनाएर शरणार्थी करार गरी बिचौलिया मार्फत रकम संकलन गरी बैधता दिन नेपाली राजनितिक नेता र कर्मचारी प्रशासन लागेको खुल्न आएको छ । यस घटनाले अन्तरराष्ट्रिय स्तरमै देशको प्रतिस्ठामा हानी त पुर्याएको छ नै ,बिश्वासनियता पनि गुमेको छ ,बेइज्जती पनि भएको छ ,संकटमा नेपाली पास्पोर्ट पर्न गएको छ र नेपाली पासापोर्ट धारी यात्रुहरुले बिदेशी इमिग्रेसनमा थप सास्ती ब्यहोर्नु पर्ने हुनेछ । यस् घटनाको राष्ट्रले क्षतिपुर्ती गर्न लामो समय लाग्ने छ । यसरी ४६ सालको प्रजातन्त्र र ६२ ६३ को लोकतन्त्र नितिगत र संस्थगत भ्रस्टाचारका अनगिन्ती काण्डहरु हुँदै आएका छन । ६२६३ पछी संघियताको सबालमा तराइमा आन्दोलन भयो त्यसले त्यहा घुलमिल भएर बसेका पहाडी समुदायलाई बिस्थापन गराइयो । भौगोलिक एकता मात्र भएको ,मधेसलाई आन्तरिक उपनिबेस बनाइएको , ठुलो बिभेद गरिएको ,कोही सासक जाती भएको र कोही सासित भएको जस्ता नारा अघी सारेर बिभिन्न हतियारधारी समुह खडा गरेर मनोबैज्ञानीक आतंक मार्फत पहाडी भगाउ अभियान सफल पारीयो । सिमा खुला राखेर केही मात्रमा समस्या रहेको नागरिकता समस्यालाई तीन जना सिफारिसे मार्फत बितरण गराइयो । तीन सिफारिसे नागरिकता मार्फत नेपाली नागरिकता लिना सफल भारतीय परिवारका ११ जनालाई हाल काठमाडौं बाट पक्राउ गरिएको छ । नागरिक बिदेसिने क्रममा पहाडी बस्ती खाली र जमिन बांझो हुन पुगेको छ भने परिवारिक बिखण्डनको सिलसिला चलीरहेको छ । अर्कातिर राज्य नागरिकलाई अनागरिक बनाउने प्रकृयामा लागेको यो घटनाले पुस्टि गरेको छ । रहे भएको बस्तिहरुमा बिदेशी धर्म र संस्क्रिती ब्यापक रुपमा प्रचार प्रसार गरिएको छ । दिर्घकालिन योजना मार्फत भुटान देखी देहरादुन सम्म रहेको मद्यपहाडी समुदाय ,सभ्यता र संस्कृतिलाई बिस्थापन गर्दै देशको सार्बभौमिकता सदाको लागि नामेट पारीने त होइन भन्ने कुरा यि सिल्सिलेबार घटनाक्रमले पुस्टी गर्दै लगेको छ ।

बीरकाजी बस्नेत 

प्रतिक्रिया