पोखरामा रहस्यमय घटना ! विहेमा आएका युवा हराए ! सेतीको खोचमा खोज्दै शेना र प्रहरी-भिडियो सहित

इनेप्लिज २०८० जेठ २ गते ११:०३ मा प्रकाशित

पोखराको मध्य राती देखि बेपत्ता भएका एक युवकको प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

चार दिनदेखि सम्पर्कविहिन भएका काठमाण्डौंको टोखा नगरपालिका–८ टोखा बस्ने बर्ष २८ का विश्वास अर्याल शुक्रबार साथीको बिहेमा पोखरा जाने भनेर हिँडेको थिए । साथीको बिहेमा बसेका उनी अबेर सम्म पार्टीमा पनि रहेको बताइएको छ । पार्टी सकिएपछि उनी कता गए भन्ने कुरा खोजि हुदै गरेको छ ।

अर्यालका आफन्तले प्रहरीलाई सम्भावित स्थानमा खोजी गर्ने आग्रह गरेकाले सोमबार पोखरा–३ नदीपुरस्थित सेती नदी खोंच आसपासमा क्षेत्रमा खोजतलास गरेको प्रहरीले जनाएको छ ।

अर्यालको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको उद्दार टोली खोज तलासमा परिचान भएका थिए ।

प्रतिक्रिया