ट्रम्पका पूर्व वकिल रुडी जुलियानी बिरुद्ध उनकै सहायक कर्मचारीद्वारा यौन दुर्व्यवहार गरेको भन्दै १ करोड डलरको मुद्धा दायर

इनेप्लिज २०८० जेठ २ गते ०:३० मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व व्यक्तिगत वकिल रुडी जुलियानी बिरुद्ध वकिलका सहायक कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै १ करोड डलर(१० मिलियन )को मुद्धा दायर गरेकी छिन ।

रुडी जुलीयानीले यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सहयोगीले १० मिलियन डलरको मुद्दा दायर गरेको रोयटर्सले समाचार लेखेको छ । जुलियानीले यौन सम्बन्धको इच्छा पूरा गर्न उनलाई काममा राखेको आरोप लगाउँदै उनीमाथि यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् ।

सोमबार दायर गरिएको नागरिक उजुरीमा र कम्तिमा १० मिलियन डलरको माग गर्दै नोएल डन्फीले जनवरी २०१९ मा नगद कारोवारमा कर्मचारीको रूपमा काम गरेपछि तुरुन्तै उनलाई दुर्व्यवहार गर्न थाले भनि दाबि गरेकी छिन ।

डन्फीले जनवरीमा सार्वजनिक रूपमा आफ्ना आरोपहरूबारे छलफल गरेकी थिइन् तर म्यानह्याटन न्यूयोर्क राज्यको अदालतमा जुलियानी र तिनका नामका तीन संस्था (कम्पनी)हरू विरुद्ध दायर गरिएको ६९ पृष्ठको उजुरीमा धेरै नयाँ विवरणहरू थापेकी रोयटर्सले उल्लेख गरेको छ ।

जुलियानीका प्रवक्ता टेड गुडम्यानले न्यूयोर्क शहरका पूर्व नगर प्रमुखले डन्फीले उठाएका आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन ।

प्रवक्तले जुलियानीको पक्षमा बचाउ र प्रशंसा गर्दै ७८ वर्षीय जुलियानीलाई टाइम पत्रिकाको २००१ पर्सन अफ द इयर (बर्ष को व्यक्ति)नामबाट सम्मानित भएको र सेप्टेम्बर ११ को आक्रमणप्रति उनको योगदानको बारेमा समेत चर्चा गरे ।

डन्फीका अनुसार जुलियानीले उनलाई वार्षिक १ मिलियन डलर तिर्ने र घरेलु दुर्व्यवहार सम्बन्धी छुट्टै कानुनी मामिलामा नि:शुल्क प्रतिनिधित्व गर्ने वाचा गरेका थिए तर उनले आफ्नी तेस्रो पत्नी जुडिथसँगको सम्बन्धविच्छेद नभएसम्म उनको तलब स्थगित गर्नु पर्ने बताएका थिए ।

सोमबारको उजुरी अनुसार, जुलियानीले उनीहरूको सम्बन्धमा डन्फीलाई उनीमाथि मुखमैथुन गर्न बाध्य पारेको समेत दाबी गरेकी छिन ।

डन्फीको मुद्धा दायरका कागजात अनुसार जुलियानीले “मदिराको नशामा यौनवादी, जातिवादी र यहुदी बिरुद्ध टिप्पणीहरू” गरेको समेत समावेश गरेकी छिन । जसले उनको कामको वातावरणलाई असहनीय बनायो र जनवरी २०२१ मा उनको स्थगित तलब नदिई उनलाई बर्खास्त गरेको उल्लेख गरेकी छिन ।

“जुलियानीले आफूलाई उदार रोजगारदाता र नायकको रूपमा प्रस्तुत गरे,” उजुरीमा भनिएको छ।

मुद्दा : डन्फी बिरुद्ध जुलियानी न्यूयोर्क राज्य सर्वोच्च अदालत, न्यूयोर्क काउन्टी, नम्बर ६५००३३/२०२३ हो।

प्रतिक्रिया