नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समिति पदस्थापन

इनेप्लिज २०८० वैशाख ३१ गते १५:४२ मा प्रकाशित

विराटनगर, ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासङ्घ का प्रदेश समितिका अध्यक्ष सहित कार्यकारिणी पदाधिकारीहरुलाई आज यहाँ पदस्थापना गरिएको छ।

सङ्घद्वारा आज यहाँ आयोजित तेस्रो पदस्थापन कार्यक्रममा प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालले नव निर्वाचित अध्यक्ष राजेन्द्र राउत सपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गर्नु भयो ।

सो अवसरमा नव निर्वाचित अध्यक्ष राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ ।

उहाँले कार्यकाल अवधिभरमा संगठन विस्तार गरि आर्थिक रुपमा मजबुत बनाउनुका साथै उद्योगहरुको अभिलेखीकरण गरि उद्योगहरुमा आईपर्ने समस्याहरुको समाधान गर्दै लगिने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष राउतले कार्यकाल अवधि भित्रमा महासङ्घको स्थायी संरचना निर्माण, उद्योगका समस्या समाधानका लागि सरकार तथा सरोकारवालाहरुसँग निरन्तर संवादमा रहने लगायतका कार्यहरु गरिने बताउनुभयो ।

गत चैत ९ गते झापामा भएको उद्योग बाणिज्य महासंघको निर्वाचनमा राउत सहितको समिति दुई वर्षको लागि निर्विरोध निर्वाचित भएको थियो । सोही अवसरमा अध्यक्ष राउतले सरु केसी र देवकीनन्दन अग्रवाललाई सदस्यमा मनोनित गर्नु भएको छ भने यमबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, मनोजविक्रम शाह, विजय श्रेष्ठ, विनोद वस्नेत र रामविनोद रायलाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ ।

कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल , विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला लगायतले मुलुकको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रले रोजगारी सिर्जना, गुणस्तरीय उत्पादन, कृषिलाई उद्योगसँग जोड्नु पर्ने आवश्यक्त्ता औल्याउनु भएको थियो ।

प्रतिक्रिया