आमाहरूको दिन (Mother’s Day)

सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा २०८० वैशाख ३१ गते १५:०० मा प्रकाशित

आज मानिसहरू आफ्नौ बौद्धिक क्षमताले सन्सारभर परिचित भएका छन् । वालक देखि बृद्धबृद्धाले पनि ती मानिसहरूका नाम सुनेका छन् । उनीहरूले आविष्कार र अन्वेषण गरेका यन्त्रहरू उपयोग र उपभोग गरी रहेकाछन् । त्यस्ता मानिसहरू जाहे राईटर ब्रदर्स हुन या बेल ग्राम हुन् । चाहे विलग्रेड हुन या मार्क जुगरबर्ग र एलनमस्क हुन । राजा चार्लस हुन या बोरिस एल्तसिन । सबैकी सर्जक भनेकी आमा नै हुन् । आमा बिना कुनै प्राणीहरूको परिकल्पनानै हुँदैन । आमा नभएको भए तपाईहामी आज यो धरतीमा हुने थिएनौँ । यो प्रकृतिको मनोरम सौन्दर्यतामा रम्ने र रसस्वादनका अनुभूति गर्ने त कुरै भएन । ती सृष्ट्रीकर्ता आमाकै अनुकम्पाबाट धरती सजिएको छ ।


अर्थशास्त्री माल्थसले भनेको बजार शास्त्रको नियम बस्तु विनिमयमा मात्र लागू हुँदैन । यो चारै तर्फ लागू हुन्छ । यो परिवारमा लागू हुन्छ । प्रेममा लागू हुन्छ । भान्सामा लागू हुन्छ । परिवारका सदस्यमा लागू हुन्छ । बाबुआमामा लागू हुन्छ । तपाईका बुबाआमा सँगै हुन्जेल आमाबुबाको महत्व थाहा नहुन सक्छ । बजारमा प्राप्त हुने बस्तुको मूल्य सस्तो भए जस्तै । तर जब तपाईका बुबाआमा तपाईसँग हुनुहुन्न, तब प्रत्येक पल, प्रत्येक क्षण बुबाआमाको अभाव महषुस गर्नु हुनेछ । गुमाई सके पछी पश्चातापमा छट्पटिनु भन्दा केही विकल्प रहने छैन । बुबाआमा भनेको ईस्वरको रूप हो । भगवानको प्रतिरूप हो । जसजसका बुबाआमा हुनु हुन्छ । जीवित हुँदै सेवा गरौँ । उहाँहरूबाट आशिर्वाद ग्रहण गरौँ । उहाँहरूले हामीलाई जन्म दिएर भोक, रोग, अप्ठ्यारा परिस्थिति सँग जुझेर नै आज हामी छौ । केही खानेकुरा देख्दा पनि छोराछोरी सम्झने । केही राम्रो खेलाउना या बस्त्र देख्दा पनि छोराछोरी सम्झने बुबाआमा । आज उहाँहरू बृद्ध हुनु भयो होला । हामी बयस्क भयौ होला । हाम्रा पनि साना छोराछोरी भए होला । हामी हाम्रा साना छोराछोरीलाई कती माया गर्छौँ ।

आज मेँ महिनाको दोश्रो आईतबार आमाहरूको दिन । अर्थात सृष्टीकर्ताहरूलाई बिशेष सम्मान गर्ने दिन । सन्तानलाई धर्तीमा अवतरण गराउँने आमाहरूको लागि सन्तानले आदर र सम्मान गर्ने दिन । हुन त हरेक दिन आफ्ना जन्म दाताहरूलाई सम्झिने र सम्मान गर्ने गर्नु पर्दछ । तर एकै दिन दश भरिनै अझ धेरै देशहरूमा आमाहरूलाई सम्मान र सम्झना गर्ने दिन भएर नै आमाहरूको दिन अथवा Mother’s Day भनिएको हो । यदी आमाहरू बिना सन्तानको परिकल्पना पनि गर्न सकिँदैन । आमाहरू सर्जक हुन त्यसैले आमालाई धरती पनि भनिन्छ । जसबाट सृष्टिका सुन्दर जीवहरू र प्राकृतिक सौन्दर्यताको जन्म भएको हुन्छ ।

भौगोलिक बिभिधता अनुसार एउटै मुलुकमा पनि आमालाई बिभिन्न भाषामा फरक फरक ढंगले सम्वोधन गर्ने गरिन्छ । लिम्वु भाषामा आमालाई मा, मान्ना, मानुदिङ, भनेर सम्वोधन गरिन्छ । वान्तवा राई भाषामा आमालाई मामा भन्ने गरिन्छ । नेपालभित्र आमा ,मा, माई, आमा, मै, अम्मा,अमला, माता, हुँदै ममी आदि शब्दले आमालाई सम्बोधन गरिन्छ । नेपाल भन्दा बाहिर गएर हेर्ने हो भने आमालाई चिनाउने भिन्नभिन्न देशहरूमा भिन्नभिन्न शब्दहरू छन् । जस्तो जापानिज भाषामा आमालाई हाहाओया (Hahaoya ) भनिन्छ । त्यस्तै गरेर कोरियन भाषामा अमोइनी (Eomeoni) भनिन्छ । चाइनिज भाषामा मोची(Muqin ) मम, मा मा, भनिन्छ । फ्रेन्च भाषामा मेर (M’ere) भनिन्छ । स्पेनिसमा माद्रे (Madre), रसियनमा म्वाम्वा (Mama ), पोर्चुगिजमा म्वए (Ma’e ), जर्मनमा मोटर ( Mutter), इटालियनमा मादरे (Madre), अरबिकमा उम (‘Um ), यूक्रेनियनमा माते (Maty), स्वाहेलीमा( Kenya ) मामा (Mama), अंग्रजीमा मोदर, मम, आदि शब्दले पुकारिन्छ ।

सन्सार भरी नै आमाहरूको दिन Mother’s Day मनाउने गरिन्छ । तर सबै भन्दा धेरै देशहरूले मदर्सडेलाई मे महिनाको दोश्रो आइतबारमा मनाउने गरेको पाइन्छ । भारत, पाकिस्ता , बंगलादेश, अमेरिका क्यानडा, आदि ९५ देशमा मे महिनाको दोश्रो आइतबारलाई आमाहरूको बिशेष दिनका रूपमा मनाइन्छ । अरबमुलुकका २० वटा देशहरूमा मार्च २१ का दिनलाई आमाहरूको दिनका रूपमा मनाइन्छ । आयरलेण्ड, नाइजेरिया, यूके, आदिमा मार्चको चोथो आइतबारलाई आमाहरूको आइतवार भनेर मनाइन्छ । अंगोला, हंगरी, पोर्चुगाल, स्पेन, मोजाम्विक, देशहरूमा मे महिनाको पहिलो आइतबारलाई आमाहरूको सम्झना गर्ने दिनका रूपमा मनाइन्छ । दक्षिण कोरियामा मे ८ लाई अविभावक दिवसका रूपमा मनाइन्छ । त्यसमा बिशेषगरी आमालाई अविभावक मान्ने प्रचलन छ । त्यस्तै गरी फ्रान्स, अल्जेरिया, क्यामरून, नाइजेरिया, हैँटी, सेनेगल, स्विडेन, डोमेनिकन रिपव्लि, माले ,मोरक्को, ट्यूनेशिया आदिमा मे महिनाको अन्तिम आइतवारलाई आमा सम्झने दिवसको रूपमा मनाउँने चलन छ ।

हाम्रा आमाबुबा पनि हामीलाई त्यो भन्दा बढी माया गर्नु हुन्छ । अझै गरी रहनु भएको हुन्छ । अझै हामीलाई सानै देख्नु हुन्छ । उहाँको भनाईमा मिठास भरिएन होला । तपाईको पढाई र पद अनुसार सम्वोधन भएन होला । तर तपाई हामी उहाँकै सृजना हौँ । हामी उहाँकै रगतले भिजेका गुन्यूमा लट्पटिएर हुर्किएका हौँ । उहाँकै मायाममता र करूणामा जीएका हौँ । जीवित देवी आमालाई आदर गरौँ । सम्मान गरौँ । सन्सार भरी रहनु भएका श्रद्धेय आमाहरूलाई २०२३को मे महिनाको दोश्रो शनिवार आमाहरूको दिनका उपलक्षमा हार्दिक मंगलमय शुभकामना । हामीले सँधै आमाहरूलाई सम्मान र आदर गरौँ । सत्भाव प्रकट गरौँ उहाँहरू भनेका हाम्रो जीवित देवताहरू हुनु हुन्छ । समस्त आमाहरूमा सादर नमन ।
साथमा एउटा कविता र गीत

Happy Mother’s Day.

To all the moms all around the world.

Mom, you are the creator of this world.
You are the planner, designer and bold.
Nothing would be created in your absence.
Neither creature nor substance.

We are breathing; air comes from your lung.
We are chanting the words comes from your tongue.
The blood runs through our veins, pumps your heart.
What we think and do, directs, keeps an alert.

You are a burning candle in the dark, lit up to others.
Melting ice of summer, to save offspring are mothers.
Mom forgives all the troubles, smiles each day as a morning ray.
No words to appreciate, you are zeal and courage of every day.

आमा

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

आफुलाई मेटाएर सन्तानका लागि
भोक तिर्खा निन्द्रा थकान सबैलाई त्यागी
दिन रात बाह्रैमास सोच्छिन उनकै खातिर
सुख अनि सम्बृद्धिका निम्ति हुन्छिन हाजिर

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

पढोस बढोस नाम राखोस स्वास्थ बनोस भन्दै
सातैबार ब्रत बस्छिन दीर्घायू होस भन्दै
केही खानु भन्दा पहिला सन्तान सम्झिएर
गाँस निल्न गाह्रो हुन्छ याद बल्झिएर

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

मिल्ने भए नानी भित्र लुकाएर राख्छिन
मुटुभित्र छाती भित्र छुपाएर राख्छिन्
पिलाउँछिन अमुल्य रस छाती सुकाएर
उज्यालोमा राख्छिन सन्तान आफुजलाएर ।

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

-सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा

प्रतिक्रिया