बुद्ध जयन्ती समारोह सम्पन्न

इनेप्लिज २०८० वैशाख २९ गते २२:०० मा प्रकाशित

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र र अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघ (सह–आयोजक) को आयोजनामा NECC, Germantown को प्राङ्गणमा शुक्रबार, 5 th May 2023 को दिन साँझ यस वर्षको बुद्ध जयन्ती समारोह भव्यताका साथ सम्पन्न भयो । खेम्पो पेम छिरिङ शेर्पा प्रमुख अतिथि र धर्म प्रवचक रहनु भएको सो कार्यक्रममा Xa Loi Temple Frederick बाट आनी Su Co Bao Co विशेष अतिथिको रुपमा पाल्नु भएको थियो । सो कार्यक्रमा एक घण्टाको बौद्ध प्रार्थना संघका अध्यक्ष प्रज्ञा रत्न ताम्राकार सहित संघका सदस्यहरु र आगन्तुक सहभागीहरुले गर्नुभएको थियो । कार्यक्रमको संचालन तथा संयोजन NECC का महासचिव प्रज्वल रेग्मीले गर्नुभएको थियो र स्वागत भाषण धर्मसंघका महासचिव प्रविण ताम्राकारले गर्नुभयो । पूर्व घोषित कार्यक्रम अनुसार प्रार्थना पछि खेम्पो पेम छिरिङ शेर्पाले बुद्ध धर्मको सैद्धान्तिक पक्ष, हेतु प्रत्ययवादको बारेमा प्रकाश पार्नु भयो । त्यसपछि आनी सु को बाओ को द्वारा छोटो मन्त्र पाठ, करुणा र समस्त प्राणी र मानवता प्रति कृतज्ञताको भावको महत्व बारे प्रवचन दिनुभयो ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सरोज प्रजापतिद्वारा धन्यवाद ज्ञापन गर्नुभयो र सहभागीहरुद्वारा खेम्पो र आनीको दर्शन तथा आशीर्वाद ग्रहण सहित समापन गरियो । सो कार्यक्रममा प्रसाद वितरणको व्यवस्था गरिएको थियो र कार्यक्रम सफल पार्न दुवै संस्थाको तर्फबाट पार्किङ, सजावट , सफाइ, साउण्ड, फोटोग्राफी, बाहिरी सजावट , फलफुल, मिठाइ खाना तथा पानीको व्यवस्थापनमा थुप्रै स्वय सेवकहरुले सहयोग गरेका थिए ।इनेप्लिज  द्वारा छोटो समयको लागि खेम्पो र आनीको धर्म प्रवचनको प्रत्यक्ष प्रसारण भएको थियो भने गुरुजु यज्ञमान शाक्यको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण भएको थियो । यस वर्षको बुद्ध जयन्ती पनि निकै सकारात्मक र उल्लासपूर्ण भएको पर्यवेक्षकहरुले बताएका छन् ।

प्रतिक्रिया