अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामांग सोशाईटी अफ ग्रेटर वाशिंगटनले बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । २५६७ औं बुद्ध जयन्तीको अवसरमा ६ तारिख शनिबारका दिन मेरिल्याण्डमा उत्साहपूर्वक मनाउन सफल भएको छ ।
म्यारिल्याण्ड राज्यको जर्मन टाउन नजिकै पूल्सभिलको गुम्बामा गत ६ तारिख शनिबार बिहान ११ बजे देखि सुरु भएको बुद्ध जयन्तीमा सँस्थाका पदाधिकारी,सदस्य र आमन्त्रित अतिथि सहितको सहभागितामा धुमधाम मनाएका छन् ।
२५६७ औं बुद्ध जयन्तीमा बौद्ध गुरु खेन्पो पेम छिरीले बुद्धको जीवनीको बारेमा प्रकाश पार्नु भएको थियो ।
साथै उहाले प्रार्थनाको साथै आज यतिका दिन सम्म पनि हामी किन बुद्ध पूर्णिमा मनाउछौ अनि बुद्धले दिनु भएको धर्म उपदेशको महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।
पूजामा डिसी क्षेत्रमा बसोबास बस्ने नेपाली समुदायहरुले श्रद्धाभक्तिको साथ हर्सौल्लासका साथ मनाए ।
प्रतिक्रिया