गत राती बुधबार मे १० का दिन सिएनएनले अमेरिकाको न्यू ह्यामशायरमा भएको टाउन हल (नगर सभा )मा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेको २ बर्ष भन्दा बढी हुँदा पनि गत चुनावमा धाँधली भएको झुटो दाबीलाई अझै दोहोर्याएका छन् । प्रमाण बिना उनले फेरी उक्त दाबी प्रस्तुत गरे।
ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा व्यापक धोखाधडीको बारेमा आफ्नो झूट दोहोर्याए। सिएनएनलाई देख्न र कुरै सुन्न नचाहने उनले झन्डै ८ बर्ष पछि आमने सामने गरि सिएनएनको कार्यक्रममा बसेका हुन् । दुवैले खेदो खन्ने गरेकोमा उनि गत राती धैर्य धारण गरि बसे तर अधिकांश रुपमा उनले आफू हारेको स्वीकार गरेनन । पटक पटक प्रश्न राख्दा पनि हरेको भनि जवाफ दिएनन् ।
उनले २०२४ को राष्ट्रपतीय निर्वाचनको नतिजा स्वीकार गर्ने प्रतिबद्धता पनि नगर्ने बताए ।
सिएनएनकी केटलन कोलिन्सले जर्जिया र अन्य ठाउँमा रिपब्लिकन राज्य चुनाव अधिकारीहरूले ट्रम्पको झुटो दाबिलाई पहिले नै किनारा लगाई सकेको र कुनै प्रमाण फेला नपरेको बारेमा स्मरण गराएता पनि उनले अझै चुनावमा धाधली नै भएको भन्दै आफ्नो बयान परिवर्तन गरेनन ।
स्मरण रहोस ट्रम्प र उनका समर्थकहरूले २०२० चुनावमा दर्जनौं/दर्जन मुद्दाहरु हारेका थिए । उनि चुनावमा पराजित भएता पनि चुनावको बारेमा यसो भने “मलाई लाग्छ यो लज्जास्पद कुरा हो जुन भयो। मलाई लाग्छ यो हाम्रो देशको लागि धेरै दुखको कुरा हो, “
उनले जनवरी ६ अमेरिकी संसदमा भएको बिद्रोह र आक्रमणमा कारागार परेका समेतलाई छुटाउने बताए ।
प्रतिक्रिया