अमेरिकामा बसोवास गरिरहनुभएका नेपालीहरुलाई डायास्पोरा अध्ययन सम्बन्धी सर्भेमा भाग लिन राजदूतावासको विशेष अनुरोध 

इनेप्लिज २०८० वैशाख २६ गते २२:१८ मा प्रकाशित

अमेरिकामा बसोवास गरिरहनुभएका नेपालीहरुलाई डायास्पोरा अध्ययन सम्बन्धी सर्भेमा भाग लिन राजदूतावासको विशेष अनुरोध ! Help shape Nepali Diaspora policies – Your voice counts! Take the survey now! सर्वे लिङ्कः https://ee.humanitarianresponse.info/x/7TVBW1TK

यस राजदूतावासको अग्रसरतामा  Institute for Integrated Development Studies (IIDS) ले The Asia Foundation (TAF) को सहयोगमा अमेरिकामा रहनुभएका नेपालीहरु (Nepali Diaspora in the US) सम्बन्धी एक अध्ययन गरिरहेको छ।

उक्त अध्ययनको लागि उपयोगी सूचना संकलन गर्ने उद्देश्यले IIDS ले गरिरहेको सर्वेमा सहभागी हुन चाहनुहुन्छ भने तल दिईएको वेब लिङ्कमा गई आफ्नो अमुल्य सुझावहरु दिनुहुन अमेरिकामा रहनुभएका सबै नेपालीहरु समक्ष यस राजदूतावास हार्दिक अनुरोध गर्दछ। यस सर्वेमा तपाईलाई १० मिनेटभन्दा बढि समय लाग्नेछैन।

सर्वे लिङ्कः https://ee.humanitarianresponse.info/x/7TVBW1TK

सर्वेबाट संकलित जानकारी एवं सहभागीहरुको ब्यक्तिगत विवरण पूर्णरुपमा गोपनीय हुने र यस अध्ययन कार्यमा बाहेक अन्यत्र उक्त सूचना प्रयोग हुने छैन।

अमेरिकामा रहनुभएका नेपालीहरु कुनकुन क्षेत्रमा बसोबास गरी केकस्तो केकस्तो ज्ञान, सीप, विज्ञता र अनुभवहरु हासिल गर्नुभएको छ भन्ने कुरा पत्ता लगाई वहाँहरुलाई दूतावासले प्रदान गर्ने घुम्ती कन्सुलर सेवा लगायत अन्य सेवाहरु कसरी सहजरुपमा प्रदान गर्न सकिन्छ र वहाँहरुको ज्ञान, सीप, विज्ञता, अनुभव र लगानीलाई नेपालको विकास प्रकृयामा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी प्राप्त गर्नु यस अध्ययनको उदेश्य हो।

यस महत्वपूर्ण अध्ययन सर्वेमा भागलिई आफ्नो अमूल्य समय र सूचना दिने सम्पूर्ण नेपालीहरुप्रति राजदूतावास हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। आफ्ना आफन्त र साथीभाईहरुमाझ यो सूचना प्रवाह गरी सहयोग गरिदिनु हुन समेत राजदूतावास हार्दिक अनुरोध गर्छ।

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी.

 मे ९, 2023

Request of the Embassy of Nepal in Washington, D.C. to all Nepalis living in the US for participating in a Diaspora study survey!  

Help shape Nepali Diaspora policies – Your voice counts! Take the survey now!

Survey link: https://ee.humanitarianresponse.info/x/7TVBW1TK

If you are a Nepali living in the USA, the Embassy of Nepal in Washington, D.C. has a special request for you. The Embassy has initiated the “Study of Nepali Diaspora in the US” through the Institute for Integrated Development Studies (IIDS) with the support from The Asia Foundation (TAF).

The aim of this study is to understand in which cities and states the Nepali Diaspora is concentrated and also to learn about their knowledge, skills, expertise and experiences so that the Embassy can better provide its consular services to them, including through mobile consular services. The study will also help identify areas and avenues for utilizing the Diaspora Nepali’s knowledge, skills, expertise, experiences and investments in the overall development efforts of Nepal.

If you’re interested in helping to shape Nepal Government’s policies towards the Nepali Diaspora, kindly take a few minutes to complete the survey by visiting the following link. It should only take up to 10 minutes of your time.

Survey link: https://ee.humanitarianresponse.info/x/7TVBW1TK

Any personal information you provide in the survey will be kept confidential and will not be used for any other purposes other than this study.

Thank you in advance for your participation, and please share with your friends and colleagues the information.

The Embassy of Nepal

Washington, D.C.

 May 9, 2023

प्रतिक्रिया