विराटनगर,२४ वैशाख ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताप्रति विश्वास जगाउने पत्रकारिता गर्नुपर्ने बताउनु भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार एवं सम्मान कार्यक्रम–२०८० को उपलक्ष्यमा चार जना पत्रकारहरु राससकर्मी चन्द्रकला न्यौपाने भण्डारी(झापा),राजेश विद्रोही यादव(सुनसरी), सोमनाथ अधिकारी सुसेली(इलाम) र सटेन्द्र जवेगु(इलाम)लाई नगद रु एक लाख सहित पुरस्कृत गर्दै सो विचार व्यक्त गर्नु भएको हो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आजको सम्मानले जनतामा यसप्रति आस्था एवं विश्वास वढाउनुका साथै पत्रकारिता पेशलाई सत्यतथ्यका आधारमा अगाडि डो¥याउने शुभकामना दिनु भयो ।
उहाँले यस दिवसले नेपालको पत्रकाररिता क्षेत्रलाई काया पलट गर्दै जनताले सकारात्मक परिवर्तनको अनुभूति वटुल्ने विश्वास समेत व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले कानूनको निर्माण गरी प्रदेश सञ्चार प्रतिष्ठान बनाउनुका साथै यसको माध्यमवाट पत्रकारिता क्षेत्र वलियो तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै यस पेशाप्रति आकर्षण वढाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले संविधान दिवस, गणतन्त्र दिवस र प्रदेश स्थापना दिवसजस्ता महत्वपूर्ण दिनहरुमा समाजमा योगदान गर्ने प्रदेशका पत्रकारहरुलाई आगामी दिनमा सम्मान गर्ने जानकारी दिनु भयो ।
विविधता वीच एकता भएको यो फुलवारी सरहको प्रदेश हो भन्दै उहाँले जनताको जनादेश , सविधान र कानूनको माध्यमबाट संसदभित्र छलफल गरी प्रदेशको सामूहिक पहिचानको आधारमा ‘कोशी ’नामकरण गरिएको मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नु भयो ।
उहाँले यो सरकार आगामी पाँच वर्षसम्म सञ्चालन हुने दावी गर्दै आगामी नीति तथा कार्यक्रम एवं बजेटमा जनताले प्रदेश सरकार एवं विकासको अनुभूति हुने खालको सुझाव दिन पत्रकार सङ्घसस्थाहरुलाई आग्रह गर्नु भयो ।
सो अवसरमा मन्त्रालयका सचिव उमेश वस्नेतले आवश्यक स्रोत र साधनका आधारमा सञ्चारकर्मीहरुलाई सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
पुरस्कृत पत्रकारहरु चन्द्रकला न्यौपाने भण्डारी र सोमनाथ अधिकारी सुसेलीले सञ्चारकर्मीले सचेत , संयमित र वास्तविक सत्य तथ्यका आधारमा समाचार सार्वजनिक गर्नु पर्ने सुझाव दिनु भयो ।
मन्त्रालयका उपसचिव अर्जुन निरौला र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारीले पत्रकारको क्षमता अभिवृद्धि र विकास तथा सङ्घको भौतिक पूर्वाधारमा सरकारले महत्वपूर्ण सहयोग उपलव्ध गराएको जानकारी दिनु भयो ।
प्रतिक्रिया