रवि लामिछानेलाई पत्रकारको प्रश्न– केपी ओलीबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको हो ? (भिडियो सहित)

इनेप्लिज २०८० वैशाख २३ गते २३:३७ मा प्रकाशित

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफूलाई प्रतिपक्षमा उभ्याइसकेको छ।

शुक्रबार पार्टी कार्यालय (बसुन्धारा) मा बसेको रास्वपा केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलसँग गठबन्धन गर्न र प्रधानमन्त्री बन्न भनेर रास्वपा सभापति लामिछानेलाई प्रस्ताव गरेको भन्ने चर्चा चलिरहेको थियो। तर यस विषयमा एमाले अध्यक्ष ओलीले आफूले त्यस्तो प्रस्ताव नगरेको तर अखबारहरूमा त्यस्तो कुरा आएको टिप्पणी गरिसकेका छन्।

https://www.youtube.com/shorts/vk4euRbBftU

प्रतिक्रिया