विराटनगरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता

इनेप्लिज २०८० वैशाख २२ गते २१:०४ मा प्रकाशित

विराटनगर,२२ वैशाख । अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पेनशिप–२०८० प्रतियोगिता आजदेखि विराटनगरमा शुरू भएको छ ।

विराट कराँते क्लवद्वारा आयोजित दुई दिने उक्त प्रतियोगिता शहीद रङशालाको कभर्ड हलमा शुरू भएको हो ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका नौ टिमका गरी दुई सय खेलाडीहरुको सहभागिता रहेको छ।

प्रतियोगितामा भारतको कोलकत्ता, दार्जिलिङ्ग र खर्साङ, भुटान , कोशी प्रदेशको मोरङ, सुनसरी, झापा र तेह्रथुम र मधेश प्रदेशको सप्तरीका खेलाडीहरु सहभागि रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान रहेको छ भने १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदकका १९ तौल समूहमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंंशराज वाग्लेले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार र प्रतियोगिता आवश्यक रहेको विचार राख्नु भयो ।

प्रतिक्रिया