फाइनलमा यूएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेपछि नेपाली क्रिकेटर सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन्- यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन ।
‘यो जिन्दगीले कहाँ लैजानेछ थाह छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखि धन्यवाद,’ लामिछानेले मंगलबार फेसबुकमा लेखेका छन्, ‘आज क्रिकेटको यात्रामा धेरै सपनाहरूमध्ये एउटा सपना पूरा भएको महसूस गरेको छु ।’
मंगलबार भएको फाइनलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको हो । त्यससँगै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया