काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजान भनेर भएको ठगी प्रकरणको अनुसन्धानका लागि सचिव पाण्डे पक्राउ परेका हुन्।
उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।
तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पाण्डे यसअघि गृह मन्त्रालयको सचिव थिए। पाण्डे गृहसचिव भएका बेला ठगी भएको पाइएको र पक्राउ परेका व्यक्तिले उनको नाम लिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा प्रहरीले यसअघि इन्द्रजित राईलाई पनि पक्राउ गरेको थियो।
प्रतिक्रिया