हराएका किशोर/किशोरीको खोजीका क्रममा अमेरिकाको ओक्लाहोमाको घरमा ७ जना मृत फेला परेका छन् । एनबिसी समाचारले जनाए अनुसार पीडितहरू तुल्साको दक्षिणी भागमा रहेको हेनरीटामा फेला परेका थिए।
प्रहरी अधिकारीहरूले गत सोमबार ओक्लाहोमाको एक ग्रामीण सम्पत्तिमा दुई बेपत्ता किशोर र एक वयस्क पुरुषको खोजीका क्रममा सात व्यक्तिको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।
ओक्लाहोमा अनुसन्धान टोलीले यो सम्पत्ति हेनरीटाको पूर्वमा रहेको र तुल्साको लगभग ५० माईल दक्षिणमा रहेको बताएका छन् । ओक्मुलगी काउन्टी शेरिफ एडी राइसले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिदै एक शव ३९ वर्षीय जेसी म्याकफ्याडेनको भएको बताए ।
राइसले शव परीक्षकको कार्यालयले म्याकफडेन र अन्यको पहिचान पुष्टि गर्ने बताए । ओक्लाहोमा राजमार्ग गस्तीले सोमबारको सुरुमा म्याकफडेन र दुई किशोरीहरूको हराएकोले खोजी कार्यमा जुटी रहेको समयमा ७ जनाको शव फेला पारेको हो ।
प्रतिक्रिया