अमेरिकाको टेक्सस राज्यमा ८ बर्षिय बालक सहित सामूहिक ५ जनाको हत्या गर्ने सदिग्धलाई ४ पटक देश निकाला गरिएको खुलासा भएको छ । एबिसी समाचारले जनाए अनुसार उनलाई ४ पटक देश निकाला गरिएता पनि उनि पछिल्लो पटक पटक गैर कानुनी रुपमा अमेरिका प्रवेश गरेको जनाएको छ ।
अझै पनि उनि फरार रहेका छन् । ३८ बर्षिय फ्रान्सिस्को ओरोपेसाले एक ८ बर्षिय बालक सहित पाँच जनाको हत्या गरेका थिए । उनि सशस्त्र भएको र समुदायलाई सचेत समेत एफबिआईले गराएको छ । आज ५ औ दिन पनि उनको खोजी जारी गरिएको छ भने ८० हजार डलर पुरस्कार तोकिएको छ ।
टेक्ससका गभर्नरले सामाजिक संजाल मार्फत मारिने एक जना मात्र कानुनी रुपमा अमेरिका प्रवेश गरेको भन्दै अन्य गैर कानुनी भएको लेखेका छन् ।
प्रहरी अधिकारीहरूले आक्रमण शैलीको राइफलले आफ्ना पाँच छिमेकीहरूलाई मारेको अभियुक्तलाई सशस्त्र र खतरनाक रूपमा वर्णन गरेका छन्।
फ्रान्सिस्को ओरोपेस मेक्सिकोका नागरिक हुन् जसलाई यसअघि चार पटक निर्वासन गरिएको अनुसन्धानसँग एक परिचित स्रोतले एबीसी न्यूजलाई बताएका छन् ।
अध्यागमन न्यायाधीशले उनलाई देश निकाला आदेश दिएपछि ३८ वर्षीय ओरोपेसालाई मार्च १७, २००९ मा देश निकाला गरिएको थियो । त्यस पछि उनि गैरकानूनी रूपमा अमेरिका आए र त्यसपछि सेप्टेम्बर २००९ , जनवरी २०१२ र जुलाई २०१६ मा उनलाई अध्यागमन र भन्सार प्रवर्तनद्वारा गिरफ्तार गरियो र देश निकाला गरिएको एबिसी समाचारले उल्लेख गरेको छ ।
ओरोपेसालाई जनवरी २०१२ मा टेक्ससको मोन्टगोमेरी काउन्टीमा पनि मादक पदार्थ सेवन गरी गाडी चलाएको र कारागारमा समय बिताएकोमा दोषी ठहर गरिएको थियो ।
प्रतिक्रिया