अमेरिकी फुटबल (भकुण्डो )प्रसिद्ध खेल टोली ट्याम्पा बे बकेनियर्सका खेलाडीको २ बर्षीय छोरीको पौडी पोखरीमा डुबेर मृत्यु भएको सिएनएनले जनाएको छ । ट्याम्पा बे बकेनियर्सकाका शकिल ब्यारेटकी २ वर्षीया छोरी गत आइतबार परिवारको फ्लोरिडाको घरमा पौंडी पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएका छन
ट्याम्पा प्रहरीका अनुसार बच्चा पोखरीमा खसेपछि अधिकारीहरूलाई बिहान ९:३० बजे खबर गरिएको थियो । बच्चालाई क्षेत्रीय अस्पतालमा लगियो तर पुनर्जीवित गर्न नसकिएको प्रहरीले जनाएका छन् । र, केही समय पछि मृत घोषित गरिएको थियो ।
यो एक दुखद दुर्घटना हो प्रहरीले भने । बकेनियरहरूले ब्यारेट र उनको परिवारको समर्थनमा एक बिज्ञप्ति जारी गरेका छन् ।
३० वर्षीय ब्यारेटले राष्ट्रिय फुटबल खेल (लिग)मा ९ मौशम (सिजन )खेलिसकेका छन् । स्व बालिकाका पिता ब्यारेटले २०१९ मा टेम्पा प्रवेश गरेका थिए
प्रतिक्रिया