बाइडेनले २०२४ को लागि राष्ट्रपतिको चुनावमा दोश्रो पटक उम्मेदवारी दिने ,आज घोषणा गर्ने अपेक्षा

इनेप्लिज २०८० वैशाख १२ गते ११:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन २०२४ को लागि राष्ट्रपतिको चुनावमा दोश्रो पटक उम्मेदवारी दिने भएकको विभिन्न संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् । आज अप्रिल २५ मंगलबार उनले घोषणा गर्ने अपेक्षा गरिएको छ । यस पटक पुन उनको प्रतिश्प्रद्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प संग पर्ने छ ।

राष्ट्रपतिको रुपमा अमेरिकी जनताले उनलाई हाल उनको स्वीकृति मूल्याङ्कन ४० प्रतिसत भन्दा कम भएको अवस्थामा पनि उनले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् । उनका धेरै चुनौतीहरुको सामना गरि रहेको समयमा उनले अन्ततगत्वा उनले उम्मेदवारी दिने देखिएको छ ।

अमेरिकी राष्ट्रपतिमा सबै भन्दा उमेरले पाको र डेमोक्राटिक दल भित्रै उनि उम्मेदवार नभए हुन्थ्यो भन्दै बिकल्पको खोजी भै रहेको समयमा उनले पुन उम्मदवारी दिने इच्छा गरेका छन् । अहिलेको परिस्थितिमा ट्रम्प संग लड्ने र भिड्ने डेमोक्र्याट दल यदि कोही छ भने उनि मात्र देखिएका छन् । उनले गत निर्वाचनमा ट्रम्प भन्दा करिव ८० लाख मात्र ज्यादा प्राप्त गरेका थिए ।

एनबिसीले गरेको मत सर्वेक्षणमा २६ % ले उम्मेदवारी दिनु पर्ने पक्षमा मतदान गरेका थिए भने ७० % ले उमेरको हिसावले उम्मेदवारी दिनु हुदैन भन्ने पक्षमा मतदान गरेका छन् । बाइडेन अहिले ८० बर्षका भएका छन् ।

प्रतिक्रिया