खवालुङ फाउन्डेसनद्वारा रियाल्टर नवराज केसी सम्मानीत

इनेप्लिज २०८० वैशाख १२ गते ०:१३ मा प्रकाशित

न्यूयोर्क – खवालुङ फाउन्डेसन अमेरिकाले न्यूयोर्कका मेयर एरिक एडम्सको लागि एशियाका सल्लाहकार रियाल्टर नवराज केसीलाई सम्मान गरेको छ ।

फाउन्डेसनले नेपालका तल्लो जातका परिवार वा अछूत वर्गका बालबालिकालाई सहयोग गर्न आयोजना गरेको वार्षिक दलित बालिका विद्यालय शिक्षा परोपकारी कार्यक्रममा केसीलाई सम्मान गरेको हो ।

न्यूयोर्क निवासी नबराज केसी एक बौद्धिक नेतृत्व क्षमता भएका व्यक्तिको रुपमा चिनिन्छ । उनले अमेरिकाको डिक्युन विश्वविद्यालय पितस्बर्गबाट ग्लोबल लिडररशिपमा मास्टर गरेका छन्। अमेरिकाको न्यूयोर्कमा डिसेम्बर २२ का दिन नबराज केसी डे” पनी मनाइन्छ ।

खवालुङ फाउन्डेसन अमेरिकाले अप्रिल १५, २०२३ मा शेराटन होटलमा आयोजना गरेको दलित बालिका विद्यालय शिक्षा परोपकारी कार्यक्रममा केसीलाई सम्मान गर्न पाउदा गर्ब लागेको जनाएको छ ।

खवालुङ फाउन्डेसन अमेरिका सन् २००८ देखि सक्रिय रूपमा आधारभूत मानवीय आवश्यकताहरूबाट वञ्चित महिलाहरू विशेष गरी नेपालमा दलित बालबालिकाहरूका लागि चेतना जगाउने कार्यमा अग्रसर छ।

खवालुङ फाउन्डेसन सन् २००७ मा जिग्मे दोर्जे रिन्पोछेले स्थापना गरेको न्यूयोर्कमा दर्ता भएको फाउन्डेसन हो। यो एक गैर नाफामुखी परोपकारी संस्था हो, जुन नेपालमा खवालुङ गुम्बा अन्तर्गत व्यवस्थित छ।

प्रतिक्रिया