अमेरिकाको ओक्लाहोमा महाविद्यालयमा गोली चल्दा १ जनाको मृत्यु, संदिग्ध हिरासतमा

इनेप्लिज २०८० वैशाख ११ गते २३:३४ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमा महाविद्यालयमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने संदिग्धलाई हिरासतमा लिईएको छ । ओक्लाहोमाको रोज स्टेट कलेज(महा बिद्यालय)मा सोमबार एक व्यक्तिले गोली हानेर अर्का एक व्यक्तिको हत्या गरेको प्रहरीले जनाएको छ ।

छोटो समयको लागि महा बिद्यालयमा तालाबन्दीमा समेत गरिएको थियो भने अरू कसैलाई कुनै चोटपटक नलागेको बताईएको छ ।

मध्यपश्चिम शहरका प्रहरी प्रमुख सिड पोर्टरले ती पुरुषहरू परिचित थिए तर तिनीहरूको सम्बन्ध के थियो वा के कारणले गोली हान्यो भन्ने बारेमा विस्तृत जानकारी नदिएको एबिसी समाचारले जनाएको छ ।

उक्त महा बिद्यालयमा लगभग १३,००० विद्यार्थीहरू रहेका छन् र ओक्लाहोमा शहरभन्दा बाहिर छ। पीडितलाई एक पटक गोली हानिएको थियो । संदिग्धलाई महाबिद्यालयमा तैनाथ प्रहरी अधिकारीहरूले उनलाई बन्दुक त्याग्न आदेश दिएका थिए भने त्यस पछि उनलाई हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया