गीतकार पुष्पा खनालका दुई गीत माया केवल माया र जिउनुपर्छ आज सार्वजनिक गरिएका छन् । नेपाल स्रष्टा समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा यी गीतहरू सार्वजनिक गरिएका हुन् ।
माया केवल मायामा अञ्जु पन्त र सरोज कोइरालाको स्वर रहेको छ । यसको सङ्गीत यसका गायक सरोज कोइरालाले नै गरेका हुन् । माया केवल मायाको फिमेल भर्सन आज सार्वजनिक गरिएको हो । यसको मेल भर्सन दुई वर्ष अघि नै सार्वजनिक गरिएको थियो । त्यस्तै अर्को गीत जिउनुपर्छ मा नरेन्द्र प्यासीले स्वर र सङ्गीत दुवै दिएका छन् । गीतकार खनालकी आमा दमन्ता खनालको जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएकाे हाे ।
दुवै गीत गीतकार खनालको युट्युव च्यानल दीपुष्पा क्रियसन्स्मा सुन्न सकिन्छ ।
गीत सुन्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया