रबिले चालक सम्झेर रुन मात्र सकेनन मेरो भाइलाई चाडै निकोहोस भन्दै भक्कानिए (भिडियो सहित)

इनेप्लिज २०८० वैशाख ७ गते २१:२८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको विरुवा भएको बताएका छन् ।

चितवनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘गत निर्वाचनमा तपाईंहरुले रोपेको विरुवा हुँ म । त्यो विरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरुलाई संकलन गरेर मल बनाएका छौं । हामीले त्यसलाई प्रयोग गर्नेछौं । यसपटक मल त हालिसकेका छौं । अब जल हाल्ने जिम्मेवारी तपाईंहरुको हो ।’

उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । चितवनले अब परिवर्तनको घण्टी बजाउने दाबी गर्दै लामिछानेले आफूहरुले परिवर्तनको घण्टी बजाउने बताए ।

अहिले आफूहरुविरुद्ध सबै शक्ति लागेको उनको भनाइ छ । उनले देशलाई चुस्ने भ्रष्टहरुलाई कारबाही गरेरै छाड्ने जिकिर गरे ।

https://www.youtube.com/watch?v=sXCdlv52pFU&t=1s

प्रतिक्रिया