साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्ने–मुख्यमन्त्री कार्की

मनोज दाहाल २०८० वैशाख ६ गते २१:५४ मा प्रकाशित

विराटनगर,६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताउनु भएको छ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रमा उहाँले रोजगारी, शिप र गरिवी निवारणमा सहयोग पु¥याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी निति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको भूमिलाई उर्वर बनाउन , युवालाई रोजगारी उपलव्ध गराउनका साना उद्योगहरु स्थापना गरी महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्याङक सङ्कलन गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिँदै यसवाट रोजगारी वृद्धि, उद्योग फस्टाउनका साथै प्रदेश समृद्धि हुने धारणा राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले महिला उद्यमी समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही वाटो देखाउने विचार व्यक्त गर्नु भयो ।

मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्यमी महिलाहरुले अन्य जिल्लाका महिलाहरुलाई शिप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भए अनुसार रोजगारीको अधिकार खोज्नु पर्नेमा जोड दिनु भयो ।

मन्त्रालयका सचिव वासुेदव दाहाल, सम्मानित उद्यमीहरु विमला विश्वकर्मा, मातृका देवी प्रसाई, बिना राई, साना उद्योग महासङ्घका प्रसाद उपाध्यक्ष सिता छाराहाङ र सञ्चारकर्मी सुशिला पाठकले निरन्तरता र इच्छाशक्तिले उद्योग सञ्चालनमा सफलता प्राप्त हुने विचार राख्नु भयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना महिला उद्यमी महिलाहरुलाई नगद रु ५० हजार सहित सम्मान गरिएको थियो ।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया