विराटनगर,६ वैशाख । अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगर–१० ले उच्च शिक्षा अध्ययन गर्न विभिन्न संकायमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने ४८ विद्यार्थीहरुलाई आज यहाँ सम्मान गरेको छ ।
विद्यालयद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन तथा विद्यार्थी सम्मान कार्यक्रममा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्साशास्त्र तर्फ छ, विडिएसतर्फ तीन, विएस्सी कृषितर्फ सात, इन्जिनियरिङतर्फ २४,विपिएचतर्फ तीन, विएस्सी एमएलटीतर्फ एक र विएस्सी नर्सिङ्गतर्फ दुई जनालाई नगद सहित सम्मान गरेको छ ।
यसैगरी दिवस थापाद्वारा स्थापित सुरेन्द्र थापा र सीता थापा छात्रवृत्तिबाट छ जना विद्यार्थीहरुलाई नगद रु पाँच हजार र निलहरि भण्डारी छात्रवृत्तिवाट दीक्षा गुरुङलार्य पूर्णछात्रवृत्ति प्रदान गरिएको छ।
राष्ट्रिय परीक्षा वोर्ड कोशी प्रदेश प्रमुख युवराज पौडेल, विद्यालयका प्राचार्य राजेश कार्कीले विद्यार्थीहरुलाई सम्मान गर्दै मुलुकको प्रगति एवं समृद्धिमा महत्वपूर्ण योगदान दिन आग्रह गर्नु भयो ।
साहित्यकारहरु विवश पोखरेल, भरत गुरागाई, दिनेश श्रेष्ठ र सम्मानित विद्यार्थी शंशाक पराजुलीले शिक्षकको सहि दिशानिर्देशन र अभिभावकको प्रोत्साहन र विद्याथीले लगनशील भएर अध्ययन गरेमा सफलता प्राप्त गर्न सकिने विचार राखेका छन् ।
सोही अवसरमा अरिनिको दर्पण पुस्तकको समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया